भारती माध्यमिक विद्यालयमा साहित्यिक कार्यक्रम सम्पन्न

धनकुटा,१० मंसिर । धनकुटाको छथरजोरपाटी गाउँपालिका १ को भारती माध्यमिक विद्यालयमा विभिन्न विधाका साहित्यिक कार्यक्रम सम्पन्न गरिएको छ । नेपाल यूवा रेडक्रस सर्कलले अयोजना गरेको कथा, निबन्ध, कविता र चुट्कीला विद्यामा विद्यालयका कक्षा ६ देखि १२ कक्षा सम्मका २३ जना विद्यार्थीहरुले प्रतिश्पर्धा गरेका थिए ।

कथा तथा निबन्ध विद्या तर्फ अमिक्षा लिम्बु प्रथम, भूमिक लिम्बु दितिृय र करिष्मा कटुवाले तृतिय स्थान हासिल गरेका थिए । कविता चुड्किला विद्या तर्फ रिजा कार्कि प्रथम, ममता लिम्बु द्धितिय र उमा लिम्बुले तेस्रो स्थान प्राप्त गरेका थिए ।

कक्षा ९ देखि १२ सम्मको कविता विद्या तर्फ टिका लिम्बु प्रथम, कविरधन लिम्बु द्धितिय र दिपेन लिम्बुले तृतिय भएका थिए । प्रतियोगितामा पुरस्कार विजेता विद्यार्थीहरु लाई विद्यालयका प्रध्यानाध्यपक रुद्र विक र विद्यालय व्यावस्थापन समितीका अध्यक्ष गंगा लिम्बुले पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा शिक्षक रोमनाथ निरौला र रेवती प्रसाद सुवेदीले शुभकामना मन्तव्य राख्नु भएको थियो भने कार्यक्रको संचालन बाल क्लवकी अध्यक्ष पवित्रा बानियाले गर्नु भएको थियो कार्यक्रको सभापतित्व नेपाल यूवा रेडक्रस सर्कललकी सचिव भगवती लिम्बुले गर्नु भएको विद्यालयका शिक्षक लोकमणी घिमिरेले जानकारी दिनु भयो ।

प्रधानमन्त्रीज्यू ! मेरो खुट्टा तान्नेहरु तपाईंका खुट्टा तान्दैछन् :ओली

चितवन, १० मंसिर /एमाले अध्यक्ष केपी शर्मा ओलीले आफु प्रधानमन्त्री हुँदा खुट्टा तान्ने दलहरु प्रधानमन्त्रीका सहयात्री बनेर खुट्टा तान्न थालेको भन्दै सर्तक हुन आह्वान गरेका छन् ।

१०औं महाधिवेशन उद्घाटनलाई सम्बोधन गर्दै ओलीले उद्घाटनका वेला प्रधानमन्त्रीलाई विशेष अतिथिका रुपमा वोलाएर आलोचना नगर्ने बताउँदै खुट्टा तान्नेसँग सतर्क रहन आग्रह गरे । उनले प्रधानमन्त्रीले काम गर्न खोज्दा पनि सहयात्रीबाट साथ नपाइरहेको पनि बताए ।

https://youtu.be/QfHWUpUrfvU

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖