महालक्ष्मी नगरपालिकाद्वारा १४० पशुपालक कृषकलाई मोटरसहितको च्यापकटर वितरण

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले पशुपालक कृषकहरुलाई मोटरसहितको च्यापकटर वितरण गरेको छ । नगर क्षेत्रका १४० पशुपालक कृषकहरुलाई ५० प्रतिशत अनुदानमा च्यापकटर वितरण गरिएको हो । विद्युतका माध्यमबाट चल्ने सो चापकटर गाई बस्तुलाई दिइने घाँस टुक्राउँन उपयोगी मानिन्छ ।

नगरपालिकामा मंगलबार औपचारिक कार्यक्रम गरेर कृषकहरुलाई च्यापकटर हस्तान्तरण गरिएको छ । कार्यक्रममा छुटेकाहरुलाई केही दिनभित्रै वितरण गरिने नगरपालिकाले जनाएको छ । कृषकहरुलाई पशुपालनमा प्रोत्साहन र सहजीकरण गर्न नगरपालिकाले अनुदानमा च्यापकटर प्रदान गरेको नगरप्रमुख पर्शुराम नेपालले बताए । कृषि पेशालाई समय अनकुल यन्त्र उपकरणको प्रयोगबाट सहज र सरल बनाउँन नगरपालिकाले सहयोग गर्दै आएको भन्दै नगर प्रमुख नेपालले आगामी दिनमा पनि कृषकहरुलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा नगरपालिकाका उप–प्रमुख मञ्जु अधिकारी, वडा नं.१ का वडाध्यक्ष टेकबहादुर गुरुङ्ग लगायतले च्यापकटरको प्रयोगबाट कृषकहरुलाई निकै सहज हुँने विश्वास व्यक्त गरे । सो अवसरमा च्यापकटरका बारेमा जानकारी दिदै, प्रयोग गर्ने तरिका पनि कृषकहरुलाई जानकारी गराइएको छ । च्यापकटरबाट घाँस काट्न छिटो, छरितो र सरल हुँने भएकाले निकै उपयोगी हुँने कृषकहरु बताउँछन् ।

सो च्यापकटरको बजार मूल्य प्रतिगोटा करिब ३५ हजार छ । नगरपालिकाले लाखौं रकम खर्चेर कृषकहरुलाई अनुदानमा च्यापकटर दिएको हो । महालक्ष्मी नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर कृषकहरुलाई सहयोग गर्दै आएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖