श्रीमान टंक माद्यमिक विद्यालयमा सगरमाथा टिन्स् क्लव गठन

धनकुटा । धनकुटा नगरपालिका २ भिरगाउँको श्रीमान टंक माद्यमिक विद्यालयमा सगरमाथा टिन्स् क्लव गठन गरिएको छ । विद्यालयका प्रधानाध्यापक नरवहादुर विश्वकर्माको सभापतित्वमा विलयमा आज वसेको बैठकले कक्षा ९ देखी १२ सम्मका विद्यार्थीलाई समेटेर १५ सदस्यीय क्लव गठन गरेको हो ।

क्लवको अध्यक्षमा सरोज तामाङ रहेका छन् । त्यस्तै उपाध्यक्षद्धय विवश तामाङ र मेलिना विश्कर्मा,सचिवमा निशान भुजेल र कोषाध्यक्षमा सन्ध्या भण्डारी रहेका छन् । क्लवका अन्य सदस्यहरुमा लक्ष्मी दर्नाल,मेनुका वस्नेत,समिक्षा थापा,कल्पना राई,सन्दिप थापा,वुद्धिमान राई,सिता थापा,पुष्पा दर्लामी मगर,आयुष खत्री र सन्दिप राई रहेका छन् ।

बैठकमा बोल्दै प्रधानाध्यापक विश्कर्माले टिन्स क्लवले विद्यालयमा विद्यार्थीहरुलाई आन्तरिक क्रियाकलाप आयोजना तथा सहभागिताका लागि सहयोग गर्ने,अनुशासन कार्यन्वयनमा समन्वय गर्न समितिलाई निर्देशन तथा विद्यालय प्रशासनबाट हरतवर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

बैठकको सञ्चालन शिक्षक नायक सरोज दाहालले गर्नुभएको थियो । औचित्य,काम कर्तव्य र अधिकारको वारेमा विद्यालयका सह-प्रधानाध्यापक दोर्णचार्य घिमिरेले स्पष्ट पार्नुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।