भारती माविमा सगरमाथा टिन्स क्लब गठन
धनकुटा,२० मंसिर । धनकुटाको छथरजोरपाटी गाउँपालिका १ मा रहेको भारती माध्यमिक विद्यालयमा कुलत र दुर्वेशनबाट १३ बर्ष देखि १९ बर्ष सम्म उमेर समुहका यूवा विद्यार्थी लाई बचाउने उदेश्यका साथ कक्षा ९ देखि १२ सम्मका छात्र-छात्रा सहभागी १५ सदस्यीय सगरमाथा टिन्स क्लब गठन गरिएको छ ।
नवगठित क्लबको अध्यक्षमा नमुना खड्का, उपाध्यक्षमा मनुकला तामाङ,मेरु तामाङ, सचिव सुवल लिम्बु,कोषध्यक्षमा संगिता तामाङ रहनु भएको छ । त्यस्तै सदस्यहरुमा रिता कटुवाल, सुजता कार्कि, कृष्ण कार्कि, सन्देश कार्कि, भिमकला लिम्बु, आकृति लिम्बु, अर्चना कटुवाल, गिता गजमेर, आकाश लिम्बु , विजय विक्रम लिम्बु रहेको समिती गठन गरिएको शिक्षक नायक लोकमणी घिमिरेले जानकारी दिनु भयो ।
कांग्रेस अधिवेशन : कान्छी उम्मेदवार डा. खान लुम्बिनी प्रदेश सदस्यमा निर्वाचित
बुटवल, २० मंसिर/नेपाली कांग्रेसको लुम्बिनी प्रदेशको अधिवेशनमा कान्छी उम्मेदवार बनेर चर्चामा आएकी २४ वर्षीया डा. अलविरा खानले चुनाव जितेकी छन् । बाबुको प्रेरणाबाट राजनीतिमा लागेकी खानले ८८१ मत प्राप्त गरी निर्वाचित भएकी हुन् । उनले आफ्ना प्रतिष्पर्धी जन्तुल धुनियालाई २९२ मतले पछाडि पारेकी थिइन् ।
डा. खान यसअघि कपिलवस्तुको निर्वचन क्षेत्र नम्बर ३ प्रदेशसभा ख बाट लुम्बिनी प्रदेश अधिवेशनका लागि प्रतिनिधि चुनिएकी थिइन् । रामचन्द्र पौडेल समूहको प्यानलबाट उम्मेदवारी दिएकी उनी प्रदेश समिति सदस्यमा विजयी भएकी हुन् ।
विजयी भएपछि प्रतिक्रिया दिँदै कपिलवस्तुको कृष्णनगरकी बासिन्दा खानले आफ्नो चिकित्सकीय पेसा र पार्टी राजनीतिलई एकसाथ अगाडि बढाउने बताइन् । मुस्लिम समुदयका महिलामा राजनीतिप्रतिको चेतना जगाउने काममा आफूले भूमिका खेल्ने उनको भनाइ छ ।
डा. खान १३औं महाधिवेशनमा पनि प्रतिनिधि निर्वाचित भएकी थिइन् । उनले विद्यालय पढ्दादेखि नै नेविसंघमा रही राजनीति सुरू गरेकी थिइन् । डा. खानले एमबीबीएस पूरा गरेकी छन् । ‘अझै बिरामीको उपार सुरु गरेकी छैन, अब नेपालमै इन्टर्न गरेर उपार सुरु गर्छु’, उनले भनिन् ।
उनका बुबा अकिल मियाँ यसअघिका कांग्रेसका क्षेत्रीय सभापति हुन् । अहिले केन्द्रीय महाधिवेशन प्रतिनिधि चुनिएका छन् । राजनीतिमा युवा र महिला सहभागिता वडा तहबाट नै बढ्दै गएको र यसले आशाको सञ्चार समेत जगाएको उनले बताइन् ।


