ताँखुवा स्वयंसेविका समुह भयो प्रथम
नारायण कुमार राई/धनकुटा २२ मंसिर । १८ औं राष्ट्रिय महिला सामुदायिक स्वयंसेवीका दिवसको अबसरमा आयोजित हाजिरीजवाफ प्रतियोगितामा ताँखुवा स्वास्थ्य चौकी अन्तर्गतको महिला सामुदायिक स्वयंसेवक समुह प्रथम भएको छ ।
पालिकाको आयोजनामा १९ गते सम्पन्न उक्त हाजिरी जवाफ प्रतियोगितामा ताँखुवा स्वयंसेवीका समुहले १० अंक ल्याएर प्रथम भएको हो । त्यस्तै ९ अंक ल्याएर परेवादिन स्वास्थ्य चौकी अन्तर्गतको महिला सामुदायिक स्वयंसेवीका समुह दोस्रो भएको छ ।
त्यस्तै ६ अंक ल्याएर तेलिया तेस्रो र ५ अंक ल्याएर हात्तिखर्क अन्तर्गतको महिला सामुदायिक स्वयंसेवीका समुह सान्तत्वना भएको छ ।
बिजेता सबैलाई कार्यक्रमका अध्यक्ष तथा गाउँपालिका उपाध्यक्ष भीमकला श्रेष्ठ र प्रमुख अतिथी तथा गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बूले पुरस्कार प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुन्दरमान डंगोलले कार्यक्रमको औचित्य माथि प्रकाश पार्नुभएको थियो । हाजिरी जवाफ प्रतियोगिता कार्यक्रममा ४ स्वास्स्थ्य चौकी अन्तर्गतका ३६ महिला सामुदायिक स्वयंसेवीकाहरुको सहभागिता रहेको थियो ।


