अ’पाङ्गता भएका बालवालिकाहरुलाई पोषण खाद्य सामाग्री वितरण
धनकुटा । प्रदेश नं. १ सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेशनको सहयोगमा सहिदभूमि गाउँपालिकाले अ’पाङ्गता भएका बालवालिकाहरुलाई पोषण खाद्य सामाग्री वितरण सुरु गरेको छ । सहिदभूमि गाउँपालिका उपाध्यक्ष रत्नश्वरी राईको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्य सहितको स्वास्थ्यकर्मीहरुको टोलीले अ’पाङ्गता भएका बालवालिकाको घरैमा पुगेर पोषण खाद्य सामाग्री वितरण गरेको हो ।
बुधवार पहिलो दिन अ’पाङ्गता भएका ४ जना वालवालिकाको घरमा पुगेर पोषण खाद्य सामाग्री वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यले बताउँनु भयो । अ’पाङ्गता रोकथाम तथा पुनस्र्थापना अन्र्तगत गाउँपालिका भरिबाट १२ जना अ’पाङ्गता वालवालिका छनोट भएका छन् । उनीहरुलाई चामल, चनामटर, अण्डा, फलफुल जस्ता पोषण खाद्य सामाग्री वितरण गरिएको गाउँपालिका उपाध्यक्ष रत्नश्वरी राईले बताउँनु भयो ।
‘समुन्नत नेपाल : सम्मानित नेपाली’को संकल्पसहित महामन्त्रीका रूपमा गगन थापाको अवधारणपत्र सार्वजनिक
काठमाडौं, २३ मंसिर /नेपाली कांग्रेस महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका गगन थापाले आफ्नो अवधारणापत्र सार्वजनिक गरेका छन् । काठमाडौंमा बिहीबार कार्यक्रम आयोजना गरेर उनले ‘समुन्नत नेपाल : सम्मानित नेपाली’को संकल्पसहित अवधारणापत्र सार्वजनिक गरेका हुन् ।
शिक्ष, स्वास्थ्य जस्ता क्षेत्रमा राज्यले लगानी गरेर सबै नागरिकको सहज र समान पहुँचको व्यवस्था गर्नुपर्ने भन्दै उनले सामाजिक लोकतन्त्रलाई व्यवहारमा लागु गर्नुपर्ने बताए । १५ बुँदे अवधारणापत्र सार्वजनिक गर्दै थापाले २०७८ सालपछि कांग्रेसले समुन्नत नेपाल : सम्मानित नेपाली गराउने गरी कार्यक्रम बनाउनुपर्ने बताए । तर, यसका लागि गरिने लगानीबारे स्पष्ट हुनुपर्ने र यसको तयारी कांग्रेसले गर्ने उनको भनाइ छ ।


