हिलेमा निर्मित वुद्धको मूर्तिको आज विधिवत रुपमा उद्घाटन
धनकुटा । पर्यटन प्रवद्र्धन गर्ने लक्षका साथ धनकुटा १ हिलेमा निर्मित वुद्धको मूर्तिको आज विधिवत रुपमा उद्घाटन गरिएको छ । धनकुटा नगरपालिकाको १३ लाख ५० हजार र धनकुटा नगरपालिका १ नं वडा कार्यलयको ५ लाख गरि जम्मा १८ लाख ५० हजारमा हिले न्यूरोडमा निर्मित वुद्धको मूर्तिको एक कार्यक्रमको वीच विधिवत रुपमा उद्घाटन गरिएको हो ।

नमूना न्यूरोड महिला उपभोक्ता समूहद्धारा हिले वुद्ध चोकमा आयोजित कार्यक्रमको वीच धनकुटा नगर पालिकाका प्रमुख चिन्तन तामाङ, १ नं वडाध्यक्ष निरेन तामाङ, वडा सदस्य लाचन गोङवा लगायतले पानसमा वत्ति वालेर मूर्तिको उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै नगर प्रमुख तामाङले पर्यटकीय संरचनाहरु निर्माण पछि पनि संरक्षण र सजावटमा ध्यान दिन आवश्यक रहेकोले यस्ता संरचनाहरुको संरक्षण ,सजावटमा ध्यान दिन महिला दिदी वहिनीहरुलाई आग्रह गर्नुभयो ।
उहाँले आगामी दिनमा पनि नगरले आवश्यक सहयोग गर्ने वताउनुभयो । नमूना न्यूरोड महिला उपभोक्ता समूहकी अध्यक्ष दाल्ह्मु शर्पाको अध्यक्षतामा सञ्चालित कार्यक्रममा स्वागत मन्तव्य समूहकी सचिव रञ्जु श्रेष्ठले राख्नुभएको थियो । कार्यक्रममा नेकपा एमाले धनकुटा नगर कमिटी उपाध्यक्ष सिंह तितुङ,सूरक्षा निकायका प्रमुख तथा प्रतिनीधि, समाजसेवी, स्थानियवासी लगायतको उपस्थिती थियो ।
गणेशमान, किशुनजी र गिरिजाप्रसादले विश्वास गरेका लिंखाले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
काठमाडौं, २५ मंसिर/चार दशक लामो सक्रिय राजनीतिका अविश्रान्त योद्धा थलकुमार लिंखाले कांग्रेस केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेका छन् । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म राजनीतिक भ्रमण गरेका लिंखाले १४औं महाधिवेशनको उद्घाटन सत्र सकिएसँगै केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेका हुन् ।
त्याग, समर्पण, निष्ठाका पर्याय लिंखा २०३६ सालबाट विद्यार्थी राजनीतिमा होमिएका हुन् । संखुवासभाको मादी माविबाट उनले नेविसंघको राजनीतिक यात्रा सुरु गरेका हुन । २०३८ सालमा संखुवासभा नेविसंघको जिल्ला कार्यसमिति सचिव, २०४२ सालमा हात्तीसार क्याम्पस धरानको नेविसंघ एकाइ सभापति, २०४४ सालमा नेपाल विद्यार्थी संघ सुनसरीको जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालेका लिंखा २०४८ सालमा नेपाल विद्यार्थी संघको निर्वाचित केन्द्रीय सदस्य बने । २०५३ सालपछि उनी पाँचपटक संखुवासभाबाट पार्टीको महाधिवेशन-महासमिति सदस्य बनिसकेका छन् ।
२०७० संविधिानसभा निर्वाचनमा समानुपातिक उम्मेदवार बन्नेबाहेक उनले हालसम्म लाभको पद भने प्राप्त गर्न सकेका छैनन् । संस्थापनपक्षीय युवा नेता लिंखा पार्टी पार्टीका नेता तथा कार्यकर्ताको सल्लाहमा आफूले केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेको बताउँछन् । लिंखा लामो समदेखि पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई सहयोग गर्दै आएका नेता हुन् । लिंखा गिरिजाप्रसाद कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले पनि पत्याएका नेता हुन् ।
देशव्यापी नेटवर्क बनाएका लिंखा जनजाति समुदाय लोकप्रिय नेता मानिन्छन् । त्याग, लगानी र बलिदान गर्ने कुरामा जनजाति समुदायमा उनको भूमिका उल्लेख्य रहेका कांग्रेसका नेता तथा कार्यकर्ता बताउँछन् । नेपाली कांग्रेसको १४औं महाधिवेशन उद्घाटन सत्र भव्य रूपमा सम्पन्न भएसँगै केन्द्रीय पदाधिकारी र सदस्यका आकांक्षीहरूले प्रचार अभियानलाई तीव्र बनाएका छन् । तुल र ब्यानरले अधिवेशनस्थल झकिझकाउ छ । कतिपय उम्मेदवारहरू मतदाता आकर्षित गर्न आफ्नो भेषभुषा र झाँकीसहित प्रचारमा उत्रिएका छन् ।
टिमको घोषणा नहुँदा आफू कुन पदमा र कुन क्लस्टरबाट उम्मेदवार हुने भन्नेमा अन्योलता कायम नै छ । महाधिवेशनले एक सय ३४ जनाको केन्द्रीय समिति निर्वाचित गर्ने छ ।


