पुर्वाञ्चल गट ट्यालेन्ट सिजन ४ को धनकुटा अडिसन सम्पन्न

धनकुटा । टिन्ज कृउ डान्स सेन्टर र सरस्वती युवा क्लब धनकुटाको संयुक्त आयोजनामा भईरहेको रहेको गायन तथा नृत्य प्रतियोगिताको पुर्वाञ्चल गट ट्यालेन्ट सिजन ४ को धनकुटा अडिसन सम्पन्न भएको छ ।

यसअघि इलाम,झापा,इटहरी,तेह्रथुम,बसन्तपुर र संखुवासभामा कार्यक्रम अडिसन सम्पन्न भइसकेको छ ।

धनकुटा जिल्लाको अडिसन पूर्व निर्धारित कार्यक्रम अनुसार यही बैशाख २५ गते हुने भनिए पनि म’हामारीको रुपमा फैलिएको कोरोना म’हामारीको कारण केन्द्र र स्थानिय सरकारद्वारा जारी निर्देशअनुसार कार्यक्रम गर्न असहज भएकोले अडिसनलाई रोकिएको थियो ।

सहभागी ८० प्रतियोगीहरु मध्ये गायन तर्फ २५ जना र नृत्य तर्फ १४ जना मेगा अडिसनको लागि छनौट गरिएको कार्यक्रम संयोजक सुमन योगीले बताउनु भयो । प्रतियोगिताका निर्णायकमा जुनि खालिंग राई,सुमन योगी र सिल्पा श्रेष्ठ रहेका थिए ।

त्यसैगरि सबै ठाउंबाट छनौट गरिएका प्रतियोगिहरुलाई सहभागी गराउंदै पुष २ गते गायन र पुष ३ गते नृत्य विधाको मेगा अडिसन हुने भएको छ ,जस्मा टप ४० को लागि प्रतिस्पर्धा हुनेछ ।

कांग्रेस महाधिवेशन : अन्तिम नामावली आज १२ बजेपछि सार्वजनिक, भोलि बिहान ८ बजेदेखि मतदान हुने
अश्विन दानी/ शुक्रबारदेखि सुरु भएको नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट नयाँ नेतृतवका लागि १३४ पदका लागि ५४८ जनाको उम्मेदवारी परेको छ । निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेका अनुसार आइतबार (आज) ११ बजेसम्म उम्मेद्‌वारी फिर्ताको समय छ भने अन्तिम नामावली मध्यानह सवा १२ बजे सार्वजनिक गरिनेछ ।

‘अहिले ११ बजेसम्म उमेद्‌वारी फिर्ताको समय छ । उम्मेद्‌वारी फिर्ता गरेपछि कुन कुन पदमा सर्वसम्मत हुन्छ ? कुन कुनमा निर्वाचन हुन्छ ? हामीले सर्वसम्मत र निर्वाचन हुने पदहरूको अन्तिम नामावली आजै सवा १२ बजे प्रकाशन गर्नेछौँ’, घिमिरेले भने । उनका अनुसार केही कलष्टरहरूमा सर्वसम्मत हुने सम्भावना देखिएको छ । सर्वसम्मत नभएका पदमा भने सोमबार (भोलि) बिहान ८ बजेदेखि निर्वाचन हुनेछ ।

कुन पदमा कति जनाको उमेद्वारी ?

निर्वाचन समितिका अनुसार सभापति एक पदका लागि शेरबहादुर देउवा, प्रकाशमान सिंह, विमलेन्द्र निधि, शेखर कोइराला, युवराज न्यौपाने र कल्याण गुरुङको उमेद्‌वारी परेको छ । उपसभापतिमा विजयकुमार गच्छदार, पूणर्बहादुर खड्का, धनराज गुरुङ, चन्द्र भण्डारी, सुजाता कोइराला र दिव्यश्वरी शाहले उमेद्वारी दर्ता गराएका छन् ।यस्तै, महामन्त्रीमा डा. मिनेन्द्र रिजाल, गगन थापा, डा. प्रकाशशरण महत, प्रदीप पौडेल, डा. राजाराम कार्की र विश्वप्रकाश शर्माले मनोनयन दर्ता गराएका छन् ।

त्यस्तै ८ सहमहामन्त्री पदका लागि २० जनाको उम्मेदवारी परेको छ । १२१ केन्द्रीय सदस्य पदका लागि ५०९ जनाको उम्मेदवारी परेको छ भने खुलातर्फको ३५ जना केन्द्रीय सदस्यका लागि १०९ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

दलिततर्फ नाै पदका लागि ३९, महिलातर्फको खुला नाै पदका लागि ३१ जना, खस आर्य १३ जनाका लागि ९३ जना, मधेसी नाै जनाका लागि ३२ जना, आदिवासी जनजाति १५ पदका लागि ८७ जना, थारु चार जनाका लागि १४ जना, पिछडिएको क्षेत्रको एक पदमा दुई जना, मुस्लिम तीन जनाका लागि १६ जना, अल्पसंख्यक एक पदका लागि ६ जना र अपांग एक पदका लागि १६ जनाको उम्मेदवारी निर्वाचन समितिले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।