पत्रकार महासंघ धनकुटा शाखाको कल्याणकारी कोषका लागि धनकुटा सेवा समाज दक्षिण कोरियाको सहयोग

धनकुटा,२६ मंसिर । नेपाल पत्रकार महासंघ धनकुटा शाखाको कल्याणकारी कोषका लागि धनकुटा सेवा समाज दक्षिण कोरियाले सहयोग गरेको छ ।

धनकुटामा आयोजित एक कार्यक्रमा बिच समाजकी उपाध्यक्ष निर्मला खड्काले सहयोग रकम रु ३० हजार नेपाल पत्रकार महासंघ धनकुटा शाखा अध्यक्ष नगेन्द्र राई लाई हस्तान्तरण गर्नु भएको छ । हस्तान्तरण कार्यक्रमा बोल्दै उपाध्यक्ष खड्काले सहयोग रकमलाई पत्रकार महासंघले सहि ठाउँमा सदुपयोग गर्दै भन्ने विश्वास रहेको बताउँदै उहाँले पत्रकार महासंघलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताउनु भयो ।

त्यस्तै कार्यक्रममा बोल्दै पत्रकार महासंघ धनकुटाका अध्यक्ष राईले पैसा भन्दा पनि धनकुटा सेवा समाज दक्षिण कोरीयाले सहयोगको भावना राख्नु नै आफूहरुका लागि ठूलो कुरा भएको भन्दै कल्याणकारी कोषका लागि सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य पत्रकार महासंघ धनकुटा शाखाका उपाध्यक्ष विदुर खवासले राख्नु भएको थियो भने संचालन सचिव हरीबहादुर लम्जेलले गर्नु भएको थियो ।

मेरो टिम सक्षम छ, पहिलो चरणमै सभापतिमा चुनाव जित्छु : शेखर कोइराला
काठमाडौं, २६ मंसिर/नेपाली कांग्रेसका १४औँ महाधिवेशनमा सभापतिका उम्मेदवार डा। शेखर कोइरालाले आफ्नो समूहले पहिलो चरणमा नै जित हासिल गर्ने बताएका छन । महाधिवेशनमा संस्थापनइतर समूहको नेतृत्व गर्दै सभापतिमा उम्म्दवारी दिएका कोइरालाले आइतबार बिहान अनुपम फुडल्याण्डमा कार्यकर्ताहरूलाई आफ्नो समूहमा सक्षम र योग्य उम्म्दवार रहेकाले पहिलो चरणमै ५१ प्रतिशत बढी मत ल्याएर जित हासिल हुने बताएका हुन् ।

उनले विपीले परिकल्पना गरे जस्तो र शुवर्ण शम्सेर, गणेशमान सिंह, गिरिजा प्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, सुशील कोइरालाले सपना देखेअनुसारको पार्टी गर्न आफ्नो टिम सक्षम रहेको दाबी गरे ।

कांग्रेसमा आबश्यक रुपान्तरण गर्न आफ्नो टिम सक्षम रहेकाले पनि आफूहरुको जित सुनिश्चित रहेको बताएका हुन् । उनले ऊर्जा र अनुभवसहितको आफ्नो टिम कार्यकर्ताले चाहे जस्तो पार्टी बनाउन सक्षम रहेकाले आफ्नो समूहमा मतदान गर्न उनले कार्यकर्तालाई आग्रहसमेत गरे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖