शहिदभुमी गाउँपालिकाका सहकारी सदस्यहरुलाई सहकारी सम्बन्धि तालिम प्रदान
धनकुटा । धनकुटाको शहिदभुमी गाउँपालिकाका सहकारी सदस्यहरुलाई सहकारी सम्बन्धि तालिम प्रदान गरिएको छ । गाउँपालिकाको सात वटै वडाका १९ सहकारीका सहकारीको विषयमा कुनै पनि प्रकारको तालिम नलिएका २८ जनालाई तालिम प्रदान गरिएको रोजगार शाखा संयोजक तथा शहकारी विभाग प्रमुख सिता पौडेलले जानकारी दिनुभयो ।
तालिममा सहकारीको ऐन नियम, सहकारी गठन विधि,सहकारीमा लैंगिंक समानता,सहकारी व्यवसाय र अन्य व्यवसायी वीच फरक र सहकारीमा सुशासन लगायतको वारेमा प्रशिक्षण दिईएको थियो । तालिमको सहजीकरण रोजगार शाखा संयोजक तथा शहकारी विभाग प्रमुख पौडेलले गर्नुभएको थियो ।
दुई दिन सम्म सञ्चालित तालिम गाउँपालिका अध्यक्ष मनोज राईको अध्यक्षतामा सञ्चालित कार्यक्रमको वीच आज समान गरिएको छ । तालिम समापन कार्यक्रममा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्य लगयात विभिन्न शाखाका पदाधिकारीको उपस्थिती थियो । यसअघि सहकारी सम्बन्धि केही तालिम लिएकाहरुलाई तालिम दिईएको थियो ।
यो पनि…
धनकुटामा २३ हजार ३९ मेट्रिक टन मंशिरे धान उत्पादन
धनकुटा । धनकुटामा यो वर्ष २३ हजार ३९ मेट्रिक टन मंशिरे धान उत्पादन भएको छ । ७ हजार ३ सय १४ हेक्टर क्षेत्रफलमा लगाईएको धान खेतीबाट २३ हजार ३९ मेट्रिक टन मंशिरे धान उत्पादन भएको कृषी ज्ञान केन्द्र धनकुटाले जनाएको छ ।
धान खेती लगाईएको क्षेत्रफलको आधारमा हेर्ने हो भने यो उत्पादन गत वर्षको भन्दा धेरै भएको कृषी प्रसार अधिकृत मनोज यादवले वताउनुभयो । उहाँका अनुसार गत वर्षको तुलनामा यो वर्ष मंशिरे धान वढी क्षेत्रफलमा लगाईएको थियो ।
गत कार्तिक महिनामा परेको वेमौषमी वर्षा र हावाले क्षती पुर्याएकोले उत्पादनमा केही कम भएको उहाँको भनाई छ ।
यो पनि..धनकुटा । धनकुटाको शहिदभुमी गाउँपालिकाका सहकारी सदस्यहरुलाई सहकारी सम्बन्धि तालिम प्रदान गरिएको छ ।
गाउँपालिकाको सात वटै वडाका १९ सहकारीका सहकारीको विषयमा कुनै पनि प्रकारको तालिम नलिएका २८ जनालाई तालिम प्रदान गरिएको रोजगार शाखा संयोजक तथा शहकारी विभाग प्रमुख सिता पौडेलले जानकारी दिनुभयो ।