कतारमा उधौली मनाउँदै किरात समुदाय

खोटाङ, कतारमा रहेका किरात समुदायले साकेला उद्यौली, रापवा स्यादर पिदार र चासोक तङ्नाम मनाउने तयारी गरेका छन् । किरात राई यायोक्खा, सुनुवार सेवा समाज र किरात याक्थुङ चुम्लुङ शाखा कतारको संयुक्त आयोजनामा शुक्रबार सहानियाको अलदोसरी पार्कमा साकेला उद्यौली, रापवा स्यादर पिदार र चासोक तङ्नाम मनाउने तयारी गरिएको हो ।

कोरोना महामारी केही साम्य भएकाले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर चक्रिय प्रणाली अनुसार साकेला उद्यौली, रापवा स्यादर पिदार र चासोक तङ्नाम मनाउन लागिएको किरात राई यायोक्खा शाखा कतारका प्रथम उपाध्यक्ष गजेन्द्र खालिङ राईले न्युज काराखानालाई टेलिफोनमार्फत् जानकारी दिए । साकेला उद्यौली, रापवा स्यादर पिदार र चासोक तङ्नामको अवशरमा शुभकामना आदान–प्रदान तथा किरातीको मौलिक सांस्कृतिक झाँकी प्रदर्शन लगायत स्थानीय कलाकारको साँस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।

किरात राई यायोक्खा शाखा कतारका अध्यक्ष शंकरमान राईको संयोजकत्वमा हुने कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष पुरुस्वोत्तम सुनुवार, सुनुवार सेवा समाज शाखा कतारका कार्यबाहक अध्यक्ष शेरबहादुर सुनुवार र किरात याक्थुङ चुम्लुङ कतारका अध्यक्ष हर्क खजुम लिम्बु, विभिन्न सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, समाजसेवी, व्यवसायी, बुद्धिजीवि लगायतको सहभागीता रहने छ ।

कोरोना महाकारीका कारण गत वर्ष साकेला उद्यौली, रापवा स्यादर पिदार र चासोक तङ्नाम रोकिएको थियो । दोहा कतारमा सन् २००४ देखि साकेला उद्यौली, रापवा स्यादर पिदार र चासोक तङ्नाम मनाउने गरिएको छ ।

के हो किरात समुदायको उधौली ?
किरात समुदाय प्रकृति पुजक हुन् । यिनीहरुका हरेक चाड तथा संस्कार संस्कृति प्रकृतिसँग जोडिएको हुन्छ । त्यी मध्ये उधौली चाड एक हो । उधौलीलाई राई समुदायले साकेला उधौली, सुनुवार समुदायले रापावा श्यादर पिदार र लिम्बु समुदायले चासोक तङ्नाम भन्ने गर्दछ ।

आदिम कालमा किराती पुर्खाले अन्नबालीको खोज गरी बाली लगाउने बेला र उठाउने बेलालाई सिजनको रुपमा मान्न थालियो । दुई सिजनमध्ये बैसाख महिना अर्थात गर्मीको समयमा अन्नबाली लगाउने सिजनमा ‘बाली सप्रियोस्’ भनेर भूमिको पुजा गर्ने चलन छ । त्यही बेला प्रकृतिका चराचुरुङ्गी, जिव जनावरहरु गर्मीको कारण उभो लेकतिर जाने, खोलाको माछा पनि उभो खोलाको शिरतिर चढ्ने भएकाले यसलाई उभौली चाडको रुपमा मान्ने गरिएको छ ।

त्यस्तै, अर्को सिजन मंसिर महिना अर्थात जाडोको सिजन । अन्नवाली भित्र्याउने समयमा पाकेको बाली आफुले खानअघि पितृलाई चढाउँदै पितृको पुजा गर्ने चलन छ जुन बेला चराचुरुङ्गी, जिवजनावरहरु जाडोको कारण बेँसीतिर झर्ने, खोलाको माछा पनि तल झर्ने भएकाले यसलाई उधौली चाडको रुपमा मान्ने गरिन्छ ।

मंसिरे पुर्णिमाको सिजनमा अन्नबाली भित्र्याइने हुनाले किरातीहरुले आफ्नो पितृलाई फेदाङ्बा/नछुङ् राखेर पितृपुजा गर्दै न्वागी खाने र ढोल झ्याम्टा बजाउदै साकेला सिली/धान नाच/श्यादरसिल नाँच्दै धुमधामका साथ उधौली मनाउने प्रचलन छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।