विद्यालयको ६५ औ वार्षिक उत्सवको अवसरमा सॉंसद राईद्वारा भवनको उद्घाटन

धनकुटा । महालक्ष्मी नगरपालिका वडा नं ९ गणेशटार स्थित राम माध्यमिक विद्यालयले ६५ औ वार्षिक उत्सव विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । विद्यालयले ६५ औ वार्षिक उत्सव को अवसरमा भवन उदद्याटन ,छात्रावृति वितरण कार्यक्रम सम्पन्न गरेको हो ।

विद्यालयले आफ्नो ६५ वर्ष पुगेको अवसरमा एक कार्यक्रमको आयोजना गरी संघीय संसद राजेन्द्र राईको प्रमुख आतिथ्यमा विद्यालयको नवर्मित दुईतला भएको ४ कोठे भवनको उदद्याटन गरेको हो । विद्यालयको भवन उद्द्याटन गर्नु हुदै कार्यक्रमका प्रमुख अतिथि संघिय संसद राजेन्द्र राईले शिक्षालाई व्यवसायिक बनाउन जरुरी रहेको भन्दै जनशक्ति उत्पादन क्षेत्रमा लगातर अगाढि बढिरहेको बताउनु भयो ।

दक्ष जनशक्ति उत्पादन गर्न नसक्दा दक्ष जनशक्तिको अभावमा विकास निमार्णको काम समयमा सम्पन्न गर्न नसकिएको उहाको भनाई थियो । साथै उहाले सभामुख विधि र पद्धति मिचेर अगाडि बढ्न खोजे हाम्रो मागलाई कमजोरी ठाने चुनौतिको सामाना गर्न तयार हुनु पर्ने चेतावनी दिनुभयो । त्यस्तै गरी उहाले लोकतन्त्रलाई व्यवस्थित गर्न नेकपा एमालले चाहिरहेको भन्दै काङग्रेस र माओवदीले हैकम वाद र भाडभैलोतिर लागेको आरोप लगाउनु भयो । त्यस्तै अहिलेको गठबन्धन सरकार लाचार र नामार्द भएको भन्दै जनताको पक्षमा केहिकाम गर्ननसकेको बताउनु भयो ।

त्यस्तै कार्यक्रममा प्रदेश संसद ईन्द्रमणी पराजुलीले नेकपा एमाले पार्टी बाट निवार्चित जनप्रतिनिधिहरु बाट ईतिहासमा कैहिल्य नभएको काम गर्न सफल भएको दावी गर्नु भयो । पूर्ण योगदान गर्न र साझा प्रयास गर्न जरुरीरहेको भन्दै यो मुलुक परिवर्तन गनर्कालागि साच्चै सुखी नेपाली समृद्ध नेपाल बनाउन लाग्यो भने मात्र हामिले चाहेको समृद्धि हासिल हुने बताउनु भयो । शिक्षा क्षेत्र सबै अभियानको अगुवाई गर्ने क्षेत्र भएकाले शिक्षा क्षेत्रको गुणस्तरीतामा ध्यानदिन आवाश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति धनकुटाका प्रमुख टंक चौहान , जिल्ला शिक्षा विकास समन्वय समितिका प्रमुख मोहोन राई नगर प्रमुख पर्शुराम नेपाल लगायतले विद्यालयलाई सफलताको शुभकामना दिनुभएको थियो । त्यस्तै गरी विद्यालयले विद्यालयका उत्कृष्टनतिजा लयाउने , जेहेन्दार ,मेहनती कक्षा ८ देखि १२ सम्ममका विद्यार्थिहरुलाई विद्यालयको देविदत्त काफ्ले अक्षयकोष बाट छात्रावृति वितरण गरेका थिए ।

कक्षा ११ र १२ का दुईजना छात्रछात्रा २ जनालाई जनहि २५ सय , कक्षा १० का दुईजना छात्रछात्रा २ जनालाई जनहि २ हजार र कक्ष ८ का दुईजना छात्रछात्रा २ जनालाई जनहि १५ सय छात्रावृति वितरण गरिएको थियो । सोहि अवसरमा विद्यालयले सञ्चालन गरेको लोकनृत्य प्रतियोगितामा सिंशदेवि मावि ७७ अंक ल्याउदै प्रथम , जनता मावि ७६ अकंले दोस्रो , तेस्रो राम मावि ७५ अंकले र मुर्ति महेशवर मावि ६४ अंकले चौथो भएको लोकनृत्य प्रतियोगिताका निर्णायक दिपक गुरुङले जानकारी दिनुभएको थियो ।

विद्यालयले प्रतियोगितामा सहभागिहरुलाई सम्मान तथा पुरस्कार वितरण गरेका थिए । विद्यालयले ६५ वर्ष पुगेको अवसरमा हाजिरी जवाफ प्रतियोगितामा सहभागि छात्रछात्राहरुलाई पनि विभिन्न पुरस्कार वितरण गरेका िथए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

विधलयका प्रधानाध्यापक एनासिहं अधिकारीले विद्यालयको वार्षिक प्रगति तथा कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष खगेन्द्र मादेन लगायत विभिन्न विद्यालयका प्रधानाध्यपक , शिक्षक विद्यार्थी अभिभावकहरुको उपस्तिथिति रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।