धनकुटामा आजबाट ट्राफिक सप्ताह मनाउन सुरु(फोटो फिचर)
धनकुटा । धनकुटामा आजबाट ट्राफिक सप्ताह मनाउन शूरु गरिएको छ । दिन प्रतिदिन बढ्ढो सवारी दु’र्घटना तथा ट्राफिक ब्यबस्थापनमा देखिएका समस्या समेतलाई सम्बोधन गर्न, सवारी दु’र्घटना र सो बाट हुन सक्ने क्ष’तिलाई न्यूनिकरण गर्ने उदेश्यका साथ धनकुटामा पनि भव्य रुपमा ट्राफिक सप्ताह मनाउन शूरु गरिएको हो ।
१ नं प्रदेश ट्राफिक प्रहरी कार्यालय ईटहरी र १ नं प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालय बिराटनगरको संयुक्त आयोजनामा मनाउन थालिएको ट्रफिक सप्ताहको उद्घाटन सहायक प्रमुख जिल्ला रामनारायण श्रेष्ठको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रमको वीच उद्घाटन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यलय धनकुटा प्रमुख प्रहरी नायव निरीक्षक लोक बहादुर दियालीले जानकारी दिनुभयो ।
सप्ताह व्यापी रुपमा मनाईने ट्रफिक सप्ताहको भिमनारायण चोक धनकुटामा विहान प्रभात फेरि गरिएको थियो । त्यपछि मा’दक प’दार्थ से’वन गरी सवारी नचलाऔ, सडक सू’रक्षा हामी सबैको रक्षा, जस्ता नारा लेखिएका प्ले कार्ड बोकी कार्यक्रमका सहभागीहरु धनकुटा ७ त्रिबेणी चौक स्थितको श्री त्रिवेणी मा बि प्रागंणमा पुगेर औपचारिक कार्यक्रमको वीच ट्रफिक सप्ताहको उद्घाटन गरिएको ट्रफिक प्रहरी दिपक खड्काले बताउनुभयो ।
कार्यक्रममा जिल्लाका विभिन्न सामाजिक संघ संस्था,सरकारी निकायका प्रमुख तथा प्रतिनिधि, यातायात व्यवस्था सेवा कार्यालय, निजी तथा सामुदायिक विद्यालयका शिक्षक, विद्यार्थी, नागरिक समाज, वुद्धिजीवी तथा पत्रकार हरुको उपस्थिती थियो ।











