पर्यटकको रोजाईमा जैतून पार्क
विकास घिमिरे /धनकुटा,९ पुष । धनकुटाको साँगुरीगढी गाउँपालिका ,चौबिसे गाउँपालकाको संगम स्थल तथा मोरङ्गको केराबारी गाउँपालिकामा पर्ने थामडाँडामा पार्क निर्माण भए पछि आन्तिरिक पर्यटकको घुइचो लाग्न थालेको छ । मोरङ्ग जिल्लाको उच्च स्थानमा बनेको यो जैतून पार्क निर्माण भए संगै पर्यटकको रोजाईमा पर्न थालेको हो ।
आन्तरिक तथा बाह्य पर्यटक लाई आकर्षित गर्नका लागि यहाँ पिक्निक स्पट, चिल्डे«न पार्क, चिडिया खाना, दृष्यावलोकनका लागि भ्यूटावर, नेपालको राष्ट्रिया झल्कने विभिन्न कलात्मक प्रतिकहरु समेत निर्माण गरिएको छ । यो पार्क निर्माणका लागि १ करोड ७५ लाख रुपैयाँ खर्च भएको पार्क निर्माणका निर्देशक खड्ग थापा मगरले जानकरी दिनु भयो । प्रकृतिले दिएको सम्पदा लाई आफूहरुले श्रृगारेर स्थानिय स्तर मै पर्यटक भित्राउनका लागि आफूहरुले काम गरेको थापाको भनाई छ ।
अछाम प्रदेश निर्वाचन क्षेत्रको रकमबाट ९६ योजना छानिए
कल्पना बोहरा/अछाम, ९ पुस ।प्रदेशसभा सदस्यहरूले विनियोजन गर्ने निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत अछाम निर्वाचन क्षेत्र नं. १ को ‘क’ र ‘ख’ का योजना छनौटसँगै बजेट विनियोजन भएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको तीन करोड रुपैयाँ विनियोजन गरेको हो । निर्वाचन क्षेत्र ‘क’ र ‘ख’अन्तर्गत पर्ने पाँच स्थानीय तहका ९६ योजनाको लागि बजेट विनियोजन भएको छ । निर्वाचन क्षेत्र ‘क’ अन्र्तगत साँफेबगर नगरपालिकामा २९ योजना र चौरपाटी गाउँपालिकामा १६ योजना गरी ४५ वटा योजना छनोट भएका छन् ।
निर्वाचन क्षेत्र नं. १ को ‘ख’अन्र्तगत मेल्लेख गाउँपालिका २५ योजना, रामारोशन गाउँपालिकामा १७ योजना र बान्नीगढी जयगढ गाउँपालिकाका ९ गरी ५१ वटा योजना छनोट भएका छन् भने प्रशासनिक खर्चको लागि दुईवटै क्षेत्रमा तीन तीन लाख बजेट विनियोजित गरिएको छ ।निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम ‘क’ अन्र्तगत साँफेबगर नगरपालिकाका शिद्धेश्वर, पातलकोट, मष्टमान्डौं, देवीस्थान, घुघुरकोट, खप्तड र चौरपाटी गाउँपालिकाको वडा नं.२ सोकट, दुनी र मार्कु बढी प्राथमिकतामा परेका छन् ।
निर्वाचन क्षेत्र ‘क’अन्तर्गत सबैभन्दा वढी साँफेबगर नगरपालिकामा एक करोड ९८ लाख र चौरपाटी गाउँपालिकामा ९९ लाख बजेट विनियोजित भएको छ ।
यस्तै प्रशासनिक खर्चको लागि तीन लाख बजेट विनियोजित गरिएको छ । वडामध्येमा सबैभन्दा वढी साँफेबगर नगरपालिकाको वडा नं. ३ शिद्धेश्वरमा ३५ लाख बजेटको व्यवस्थापन गरिएको छ ।


