धनकुटाको पाख्रीबासमा आ’गला’गी,४० लाख बराबरको क्ष’ति
शर्मिला राई/धनकुटा,पौष १६ । धनकुटाको पाख्रीवास नगरपालिका वडा नं २ सान्ने मालबासेमा आज दिउँसो एक घरमा आ’गला’गी भएको छ । विद्युत सर्ट भई आ’गो लाग्दा स्थानिय झमक बहादुर सार्कीको ढुंगा, माटो, काठ र टिनले बनेको तीन तले घर पूर्ण रुपमा ज’लेर ‘नष्ट भएको प्रहरीले जनाएको छ ।
आ’गला’गीमा परि घर सहित घर भित्र राखिएका करिव ७ तोला सुन, १ लाख ६० हजार पैसा, १५ मुरी जती मकै, लत्ताकपडा लगायत सम्पूर्ण सरसामान जल्दा ३५ देखि ४० लाख वरावरको क्ष’ती भएको प्रहरीले उल्लेख गरेको छ ।
घर नजिकै रहेको भान्सा घर र गाईगोठ भने बचाउन सफल भएको स्थानियले जनाएका छन् । आ’गो नेपाल प्रहरी र स्थानिय वासिन्दाको पहलमा नियन्त्रणमा लिईएको छ । आ’गला’गी दिउँसो १:३५ तिर भएको हो ।
खुरापात र विचलनको बाटो मोडेर स्टेयरिङलाई सकारात्मक मोड दिएका छौँ : प्रचण्ड
काठमाडौं, १६ पुस /नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी सही बाटोमा फर्किएको बताएका छन् । आफ्नो प्रतिवेदनमा उठेका प्रश्नमाथि जवाफ दिने क्रममा अध्यक्ष प्रचण्डले भने, ’ठूलो मेहनत गरेर पार्टीलाई बाटो फर्काएका छौं ।’
प्रचण्डले पार्टीमा खुरापात र विचलनतिर जाने खतरा पैदा भएको उल्लेख गर्दै थुप्रै खालका विसंगति देखा परेकोमा यो स्थितिबाट फेरि स्टेयरिङलाई सकारात्मक मोड दिने ठाउँमा आइपुगेका दाबी गरे ।
पार्टीको जारी आठौं महाधिवेशनको दोस्रो दिन गत सोमबार आफूले प्रस्तुत गरेको वैचारिक तथा राजनीतिक प्रतिवेदनमाथि उठेको प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले शुक्रबार दिएका हुन् ।


