भेडेटार फुड फेस्टिबलको १ लाख पर्यटकले गरे अवलोकन

धनकुटा । पूर्वकै चर्चित पर्यटकीय स्थल भेडेटारमा सञ्चालित तीन दिने फुड फेस्टिभलको १ लाख आन्तरिक तथा वाह्य पर्यटकले अवलोकन गरेका छन् ।

होटल एशोसिएसनको आयोजनामा सञ्चालित फुड फेस्टिभलको समापनका दिन सम्म करिव १ लाख आन्तरिक तथा वाह्य पर्यटकहरुले प्रत्यक्ष अवोलकन गरेको भेडेटार होटल एशोसिएनका अध्यक्ष जितेन्द्र रुम्दाली राईले वताउनु भयो । फुड फेस्टिभल समापन कार्यक्रममा सागुरीगढी गाउपालिकाका अध्यक्ष कुमारजंग याख्खाले पर्यटन उद्योगको माध्यबाट मुलुकलाई समृद्धी बनाउन सकिने भएकाले राज्यले पर्यटन व्यवसायमा लगानी गर्नेपर्नेमा जोड दिनु भयो ।

त्यस्तै धनकुटा पर्यटन विकास समितिका अध्यक्ष तथा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले पर्यटननै नेपालको आर्थिक समृद्धीको मुल आधार भएकाले नेपालको आर्थिक विकासका लागि राज्यले पर्यटन हवको रुपमा नेपाललाई नै विकास गर्नु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा भेडेटार होटल एशोसिएनका निर्वतमान अध्यक्ष लिलाराज लावती,सागुरीगढी गाउपालिका वडा नं ६ का अध्यक्ष यम प्रकाश मगर,नेपाल पत्रकार महासंघ धनकुटका पूर्व अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ,नेष्टका सचिव नर वादुर चेम्जोङ लगायतले पर्यटन व्यवसायबाट थोरै लगानी बाट धेरै आम्दानी गर्न सकिने भएकोल यो व्यवसाय प्रवद्र्धनका लागि पहिलो प्राथमिक्ता दिनु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रमको सञ्चालन भेडेटार होटल एशोसिनका सचिव तुम्वराज लिम्बुले गर्नु भएको थियो । फुट फेस्टिवलमा राई,लिम्बु,नेवार,तामाङ,मगर जातीको जातिय सहित नेपाली र विदेशी खानाका परिकार समेत परिकारका स्टहरु राखिएको थियो भने स्थानीय स्तरमा उत्पादिन विभिन्न हस्तकल तथा घरेलुका समाग्रीहरु,कृषि उत्पादित समाग्रीहरु समेत प्रर्दशनमा राखिएको थियो ।

फुड फेस्टिवलको तीन दिनको अवधिमा झण्डै एक करोड वरावरको आर्थिक कारोवार भएको भेडेटार होटल एशोसिएनका अध्यक्ष जितेन्द्रराईले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖