जिल्ला प्रशासन कार्यालय धनकुटाले जारी गर्यो कोभिड सम्बन्धी यस्तो सुचना

धनकुटा,२८ पुष । जिल्ला प्रशासन कार्यालय धनकुटाले कोरोना भा’इरस संक्रमणको रोकथाम गर्नका लागि भन्दै धनकुटामा पनि २५ जना भन्दा बढी भेला हुने भेला, मेला र महोत्सवमा रोक लगाएको छ । त्यस्तै सार्वजनिक रुपमा हुने सबै प्रकारका राजनैतिक, धेरै जना उपस्थितहुने समाजिक, प्रशासनिक एवम् त्यही प्रकृतिका कार्यक्रम नगर्न धनकुटामा आज बसेको कोभिड व्यावस्थापन समितीको बैठकले निर्णण गरेको छ ।

साथै बैठकले जिल्ला भित्रका सरकारी र स्थानिय तहले विगतमा संचालन गरेका कोभिड १९ उपचार केन्द्र तथा आइसोलेसन केन्द्र लाई सुदृढ गरी संचालनमा ल्याउन आवश्यक व्यावस्था मिलाई दुरुस्त अवस्थामा राख्ने समेत निर्णय गरेको छ । साथै कोभिड १९ विरुद्धको खोप लगाउन छुटेका १२ बर्ष माथिका व्यक्तिहरुले नजिकको स्वाथ्य संस्थामा सम्पर्क राखि खोप लगाउन र त्यसको लागि स्वाथ्य कार्यालय धनकुटाले आवश्यक व्यावस्था र सहजी करण गर्न समेत भनेको छ ।

सडक ढलानमा ढिलासुस्ती, व्यवसायी गए डेलिगेसन
खोटाङ, २८ पुस /खोटाङको दिक्तेलबजारको सडक ढलानको काम अलपत्र पारिएको भन्दै स्थानीय व्यवसायीले विरोध जनाएका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेलस्थित बजारको सडक ढलानको काममा ठेकेदारले ढिलासुस्ती गरेको भन्दै शान्ति सल्लेरी टोलका व्यवसायी विरोधमा उत्रिएका हुन् । दिक्तेल बजारको मानव अधिकार चोकदेखि त्रिवेणीचोकसम्मको सडक ढलान गर्ने ठेक्का लिएको सूर्य विकास जेभीले सडक ढलानको काम अलपत्र छाड्दा हिँड्डुल गर्नदेखि व्यपार-व्यवसायमा असर पुगेको उद्योग वाणिज्य संघ खोटाङअन्तर्गतको लत्ताकपडा व्यवसायी उपसमिति संयोजक सुमन श्रेष्ठले बताए ।

निर्माण कम्पनीले मानव अधिकार चोकबाट बेस क्याम्पसम्मको खण्डमा गत २२ असोज राति ढलान सकेको थियो । तर, बेस क्याम्पबाट त्रिवेणीचोकसम्मको ढलानका लागि बेस क्याम्प क्षेत्रमा सडक खनेर असरल्ल छाड्दा आवत-जावत गर्न समस्या भएको व्यवसायीको भनाइ छ ।

ढलानका लागि बजारको सडक भत्काएर यत्रतत्र ढुंगामाटो थुपारेर छाड्दा व्यापार व्यवसायमा प्रत्यक्ष असर पुगेको भन्दै उद्योग वाणिज्य संघ खोटाङ नेतृत्वको व्यवसायी बुधबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा डेलिगेसन गएका छन् । मंगलबार बसेको व्यवसायीको बैठकले बेस क्याम्पदेखि त्रिवेणीचोकसम्मको सडक ढलानको काम अव्यवस्थित र अपारदर्शी भएको तथा भएका काममा ढिलासुस्ती हुँदा व्यापार व्यवसाय, विद्यार्थी र सर्वसाधारणलाई हिँड्डुल गर्नसमेत असहज भएको भन्दै दवावमूलक अभियान सञ्चालनका लागि उद्योग वाणिज्य संघलाई पहलकदमी चाल्न आग्रह गर्ने निर्णय गरेको थियो । त्रिवेणीचोकलेखि नेपाल टेलीकमसम्मको सडक ढलानका लागि टेन्डर आह्वान गर्नमा समेत ढिलाइ हुँदा दिक्तेलबजार ढलान गर्ने योजना बेलामा पूरा नहुने देखिएको व्यवसायीको बैठकको निष्कर्ष छ ।

सूर्य विकास जेभीले सघन सहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुंगाको दुई करोड ६८ लाख बजेटमा २० मंसिर २०७८ सम्ममा बजार सडक ढलानको काम पूरा गर्नेगरी १० असार २०७८ मा सम्झौता गरेको थियो । कोभिड-१९ को महामारीका कारण देखाएर सडक ढलानको काम आगामी ८ माघसम्म थप गरिएको बताइएको छ । हालसम्म ३० प्रतिशत मात्र ढलानको काम सकिएको अनुमान छ । ठेक्का लागेको ५८० मिटरमध्ये हालसम्म १३२ मिटर ढलान भएको सघन शहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुंगाका इन्जिनियर रामहृदय पटेलले बताए ।

दिक्तेल बजारको मानव अधिकारचोकदेखि बेस क्याम्पसम्मको सडक ढलानका क्रममा निर्माण कम्पनीले स्टिमेटविपरीत रड राखेर ढलान गरेको छ । बजारको सडक ढलानका क्रममा १०/१० सेन्टिमिटरको दूरीमा बाँध्नुपर्ने रडलाई १८/२० सेन्टिमिटर र १५ सेन्टिमिटरको दूरीमा कस्नुपर्ने रडलाई २५/३० सेन्टिमिटरको दूरीमा कसेर ढलान गरिएको स्थानीय एवं तरुण दलका जिल्ला उपाध्यक्ष सञ्जयकुमार राईले बताए । अर्कातर्फ बजार सडक ढलानका क्रममा गिटीमाथि रडको जाली उचालेर ढलान गर्नुपर्नेमा रडको जाली नउचाली ढलान गरिएको छ । यस्तै, ढलानका क्रममा ठूलो आकारको गिटी प्रयोग गरेको स्थानीय बताउँछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।