भोली धनकुटाको पाख्रीवास ७ मा गोरु जुधाई प्रतियोगिता हुने
धनकुटा । माघे सक्रांन्तिको अवसर पारी भोली धनकुटाको पाख्रीवास नगरपालिका ७ मा गोरु जुधाई प्रतियोगिता हुने भएको छ । प्रगतिशिल सेवा समाजको आयोजनामा पाख्रीवास ७ गजेभञ्ज्याङ शिव मन्दिर छेउमा गोरु जुधाई प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगिताका लागि सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । गोरु जुधाई प्रतियोगिताका विजयी प्रथमले नगद रु ३५ हजार, दोश्रोले २० हजार र तेश्रोले १० हजार पुरस्कार पाउने छन् । प्रतियोगितामा सहभागिताका लागि १० वटा गोरु दर्ता गरिएको आयोक संस्थाका सचिव शंकर विश्वकर्माले जानकारी दिनुभयो ।
प्रतियोगिता विहान १० वजे देखी ४ वजे सम्म सञ्चालन गरिने र यही अवधिमा समय मिलाउन सके डोरी तान्ने खेल पनि हुने उहाँले बताउनुभएको छ ।


