महालक्ष्मीको दमारका कृषकलाई अनुदानमा च्याप कटर मेशिन वितरण
धनकुटा, ११ माघ । धनकुटाको महालक्ष्मी नगरपालिका–१ दमारका पशुपालक कृषकहरुलाई अनुदानमा च्याप कटर मेशिन वितरण गरिएको छ । ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) ले ३० प्रतिशत अनुदानमा दमार क्षेत्रका १९ जना कृषकहरुलाई एक/एक वटा च्याप कटर मेशिन वितरण गरेको हो ।

ढुवानीसहित ३७ हजार मूल्य पर्ने सो मेशिन खरिदमा समृद्धिले ११ हजार १ सय अनुदान उपलब्ध गराएको छ । दमारमा आयोजित कार्यक्रममा महालक्ष्मी नगरपालिकाका नगर प्रमुख पर्शुराम नेपाल, उप–प्रमुख मञ्जु अधिकारी, समृद्धिको दुग्ध आपूर्ति सृङ्खलाका सुपरीवेक्षक सुधिर सुवेदी, स्थानीय आरती दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष जगत बहादुर थापा लगायतले कृषकहरुलाई च्याप कटर हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा बोल्दै महालक्ष्मी नगरपालिकाका प्रमुख नेपालले च्याप कटरले कृषकहरुलाई पशुपालन व्यावसायमा सहजता थप्ने विश्वास व्यक्त गरे । पशुहरुलाई प्रदान गरिने घाँस तथा पराल टुक्राउँन च्याप कटर उपयोगी मानिन्छ ।
पार्टी महासचिवमा दाबी स्वभाविक : पुन
काठमाडौं, नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले पार्टीको महासचिवमा आफ्नो दाबी स्वाभाविक रहेको बताएका छन् ।झन्डै चार महिना लामो उपचारपछि चीनबाट सोमबार साँझ स्वदेश आइपुगेका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यस्तो बताएकाहुन् ।
यसअघि सचिव भइसकेकाले महासचिवमा आफ्नो दाबी स्वाभाविक रहेको पुनले बताए ।केन्द्रीय सदस्य र अध्यक्ष सहमतिमै चयन भएकाले पदाधिकारी पनि सहमतिमै छानिने विश्वास उनको छ ।


