यिनै हुन् धनकुटामा श्रीमतिलाई मा’रेर घर भित्रै गाडेर राख्ने श्रीमान,यसरी परे पक्राउ
धनकुटा, माघ ११ । धनकुटाको धनकुटा नगरपालिका-४ छारागाँउका ५५ बर्षीय सिताराम श्रेष्ठ, श्रीमतीको कर्तब्य गरी ह’त्या गरेको आरोपमा पक्राउ परेका छन । गत पौष १६ गते बेलुका ५ बजे देखि धनकुटा ४ कि ५५ बर्षीया सिता श्रेष्ठ हराई बे’पता भएको हुलिया निबेदन परेसंगै जिल्ला प्रहरी कार्यालय धनकुटाले खोजतलास शुरु गरेको थियो ।
खोजतलासकै क्रममा श्रीमान समेत घरबाट हराएको पाएसंगै सुक्ष्म अनुसन्धान शुरु गरेको प्रहरी टोलीले सिताराम श्रेष्ठलाई काठमाण्डौबाट माघ ९ गते पक्राउ गरेको थियो । श्रेष्ठ पक्राउ परेसंगै सोधपुछको क्रममा श्रीमतीलाई आफैले ह’त्या गरी घर भित्र नै गाडेको भनी बयान दिएसंगै उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी उपरीक्षक सहितको टोली खटि गई उत्खनन गर्दा सिता श्रेष्ठको शव घर भित्रै खाल्डो खनी गाडेको अवस्थामा फेला परेको हो ।
यसरी श्रीमतीको ह’त्या गरी आफैले खाल्डो खनी घर भित्रै गाडेर फरार भएका श्रेष्ठलाई कर्तब्य ज्यान मुद्धामा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
‘सिंगर : सोल फूल भ्वाइस’ विजेतालाई २५ लाख
काठमाडौं, ११ माघ /पछिल्लो समय नेपालमा रियालिटी शो हुने क्रम बढिरहेको बेला यही मेसोमा एउटा नयाँ गायन रियालिटी शो हुँदै छ । डीआएआर मुभिज एण्ड फिल्म इन्टडस्ट्रिजको आयोजनामा ‘सिंगर : सोल फूल भ्वाइस’ नामक गायन रियालिटी शो हुन लागेको हो ।
डिएआरका सञ्चालक श्याम धितालले भाषाको दायरा तोडेर प्रमुख ६ भाषामा शो सञ्चालन गर्न लागिएको बताए । उनका अनुसार विजेताले नगद पुरस्कार २५ लाखसहित कार र एक गीति एल्बम रेकर्डको मौका पाउनेछन् । ‘नेपाली गीत संगीतमा आफ्नो परिचय स्थापित गरिसकेका र गायनमा आफ्नो स्थान बनाएका गायक गायिकाहरुले शोमा भाग लिन सक्नेछन्’, उनले भने ।
आगामी नयाँवर्षको अवसर पारेर वैशाखबाट सुरु हुने नेपाल नेटवर्क टेलिभिजनमा यो शो प्रसारणमा आउनेछ । फ्रेन्चाइज रियालिटी शो हरुले बजारमा स्थान बनाई रहेको बेलामा नेपाल नेटवर्क टेलिभिजनले आफ्नै मौलिक शोहरु ल्याउने योजना बनाएको छ ।


