शहिदभूमी गाउँपालिकामा सहकारी ऐन,नियम तथा सम्पत्ति शुद्दीकरण सम्बन्धि तालिम प्रदान
धनकुटा । धनकुटाको शहिदभूमी गाउँपालिकाका सहकारी सदस्यहरुलाई सहकारी ऐन,नियम तथा सम्पत्ति सुद्धीकरण सम्बन्धि तालिम प्रदान गरिएको छ ।
गाउँपालिकाका विभिन्न वडाका २५ जना सहकारी सदस्यहरुलाई गत ११ गते देखी आज सम्म ती विषयमा तालिम प्रदान गरिएको हो । सहकारी सदस्यहरुको क्षामता अभिवृद्धी गर्दै सहकारी सञ्चालनमा सहजता ल्याउने लक्षका साथ गाउँपालिकाले उल्लेखित विषयमा जानकारी गरएको गाउँपालिकाका रोजगार संयोजक एवम् तालिम सहजकर्ता सिता पौडेलले जानकारी दिनुभयो ।
जिल्ला सहकारी संघका अधयक्ष खगेन्द्र सुवेदी,धनकुटा वहुमुखी क्याम्पसका प्राध्यापक सोम भण्डारी र रोगजार संयोजक पौडेलले तालिमको सहजिकरण गरेका थिए ।
तालिम गाउँपालिका अध्यक्ष मनेज राईको अध्यक्षतामा सञ्चालित कार्यक्रमको वीच आज समापन गरिएको छ । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहित कार्यलयका कर्मचारीहरुको उपस्थिती थियो ।


