धनकुटामा फोहरमैला ब्यबस्थापनको तरिका बुझ्न समुहमा आउनेले ३ हजार तिर्नु पर्ने

धनकुटा,१९ माघ । फोहोर भएको स्थान हेर्न जानका लागि पैसा तिर्नुपर्छ भन्ने सुन्दा कतिपयलाई अचम्म लाग्न सक्छ । तर यो यथार्थ हो । धनकुटा नगरपालिकाले सञ्चालनमा ल्याएको फोहोर मैला व्यवस्थापन केन्द्रमा फोहरमैला ब्यबस्थापनको तरिका बुुझ्न समुहमा आउँनेले ३ हजार बुझाउनुपर्छ ।

फोहोर व्यवस्थापन केन्द्रमा समूहमा आउनेलाई ३ हजार शुल्क लिइने गरेको धनकुटा नगरपालिकाका वातावरण अधिकृत उपेन्द्र खनालले बताए । धनकुटा बजार र हिलेबाट दैनिक संकलन हुने फोहोरमा मिसिएर आउने फलाम, काँच, कपडा, टुटेफुटेका विद्युतीय सामग्री, प्लास्टिकका बोतलका साथै कार्टुन छानेर बिक्री गरि बाँकी रहेको फोहोरले ‘ल्याण्डफिल’ आसपासका खाल्डा पुर्दै आइएको छ ।

‘मिथेन’ ग्यास उत्र्सजनरहित दाबी गरिएको केन्द्रमा सदरमुकाम धनकुटा बजार र हिलेबाट दैनिक १६ टन फोहोर जम्मा हुन्छ । नगरपालिकाले मृत जीवजन्तु, मानव शौचालय तथा घरबाट निस्कने गल्ने फोहोरलाई एरोविक कम्पोस्टिङ गरी मलका लागि प्रयोग गर्दै आएको छ भने, अस्पतालबाट निस्कने, कागज, काँच, प्लास्टिक र धातुजन्य फोहोर छुट्याएर बिक्री गर्दै आएको छ ।

केन्द्रमा ३७ प्रतिशत गल्ने फोहोर संकलन हुन्छ ।

तस्बिर : उपेन्द्र खनालको फेसबुक बाट

लगातारको हिमपातले जनजीवन कष्टकर
मङ्गलबारे, १९ माघ (रासस) ःलगातारको हिमपात र झरीका कारण पूर्वी पहाडी जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ । गएका वर्ष भन्दा यस पटक धेरै पटक हिउँ परेको छ ।

इलामका उच्च पहाडी क्षेत्रमा यसवर्ष पटक–पटक हिउँ झरेपछि सो क्षेत्रका बासिन्दाको जनजीवन कष्टकर बनेको हो । चिसोका कारण विशेष गरेर घर बाहिरको काम गर्न मुस्किल भएको छ । मङ्गलबार साँझबाट हिउँ झरेपछि उच्च पहाडी क्षेत्रका बासिन्दालाई समस्या भएको हो । यस पटक विगत भन्दा निकै तलसम्म हिउँ परेको स्थानीयवासीको भनाइ छ ।

यस पटक भने जिल्लाको माइजोगमाई गाउँपालिकाको नयाँ बजारसम्म हिउँ परेको छ । सदरमुकामलगायत तल्लो क्षेत्रका मानिसलाई हिउँमा खेल्न रमाइलो हुने भए पनि माथिल्लो क्षेत्रका बासिन्दाले कष्टकर जीवन बिताउनु परेको माइजोगमाई गाउँपालिका नयाँ बजारकी निर्मला बस्नेतले बताउनुभयो ।

यस पटक नयाँ बजारसम्म हिउँ परेको उहाँले बताउनुभयो । जिल्लाको उच्च पहाडी क्षेत्र सन्दकपुर, जौबारी, मेग्मालगायतका स्थानमा यसअघि पनि पटक–पटक हिउँ झरेको भए पनि नयाँ बजारसम्म हिउँ परेपछि चीसो बढेको स्थानीयवासीको भनाइ छ ।

यस पटक धेरै तल अर्थात माइमझुवा, टप्पु, नयाँ बजारलगायत धेरै तलसम्म हिमपात भएको छ । त्यस्तै राति जिल्लाका धेरै स्थानमा पानी समेत परेको छ । उच्च पहाडी क्षेत्रमा मात्र हिमपात र झरी परेपछि सदरमकाम इलामसहित जिल्लाका अन्य स्थानमा जाडो बढेको छ । जाडो बढेपछि विषेश गरेर बालबालिका र वृद्धवृद्धालाई समस्या भएको छ ।

हिउँ परेको स्थानमा स्थानीयवासीलाई घरबाट बाहिर निस्कन समस्या भएको छ । उनीहरुलाई दैनिक कामकाज गर्न समस्या भएको छ । गाईबस्तुलाई घाँस लगाउन झनै समस्या भएको छ । लेकाली क्षेत्रमा यसबेला घर बाहिरको घाँस दाउरा काट्ने, आलु रोप्ने, मल बोक्नेलगायतका काम हुने गरेका छन् । तिनै काम गर्न नसकिने अवस्था आएको स्थानीयवासीको भनाइ छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖