महालक्ष्मी नगरपालिकामा औद्योगिक ग्राम बन्ने, उद्योग मन्त्रालयसँग मेयर नेपालले गरे सम्झौता

धनकुटा, १९ माघ । धनकुटाको महालक्ष्मी नगरपालिकामा औद्योगिक ग्राम निर्माण गरिने भएको छ । महालक्ष्मी नगरपालिका–१ कटहरेमा औद्योगिक ग्राम निर्माण गर्न लागिएको हो । औद्योगिक ग्राम बनाउँन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नगरपालिकाबीच सम्झौता भएको छ ।

सम्झौता पत्रमा उद्योग मन्त्रालयका तर्फबाट सह–सचिव चन्द्रकला पौडेल तथा महालक्ष्मी नगरपालिकाको तर्फबाट मेयर पर्शुराम नेपाल र निमित्त प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर आले मगरले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार औद्योगिक ग्राम निर्माण गर्न उद्योग मन्त्रालयले महालक्ष्मी नगरपालिकालाई ९२ लाख उपलब्ध गराउँने भएको छ । मन्त्रालयबाट प्राप्त भएको बजेट जग्गा विकास सम्बन्धि काम, ग्रामका लागि आवश्यक मार्ग निर्माण, प्रशासनीक भवन निर्माण लगायतमा खर्च गर्नुपर्नेछ । सम्झौता भएको १५ दिनभित्र नगरपालिकाले विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) थाल्नेछ । तीन महिनाभित्र डीपीआरको स्वीकृत प्रतिवेदन मन्त्रालयमा बुझाउँनुपर्नेछ ।

छरिएर रहेका साना उद्योगहरुलाई एकीकृत गरी व्यवस्थित गर्दै उत्पादन र उत्पादकत्व बृद्धि गर्न औद्योगिक ग्रामले सहयोग पुर्याउँने अपेक्षा गरिएको छ । स्थानीय उत्पादनको प्रवद्र्धन गर्दै नगरवासीलाई स्वरोेजगार बनाउन औद्योगिक ग्राम बनाउँन लागिएको मेयर नेपालले जानकारी दिए । ‘नगरबासीलाई उत्पादनमूलक क्षेत्रमा जोड्दै उद्योग व्यावसाय क्षेत्रलाई व्यवस्थित गर्न औद्योगिक ग्राम निर्माण गर्न लागेका हौं,’ मेयर नेपालले भने, ‘उद्योग मन्त्रालयसँग सम्झौता भइसकेको छ, अब औद्योगिक ग्राम निर्माणको काम सुरु हुन्छ ।’

औद्योगिक ग्राम निर्माणका क्रममा पूर्वाधार विकास र संरचना निर्माणमा भएको प्रगतिको प्राविधिक प्रतिवेदनका आधारमा मन्त्रालयले थप बजेट उपलब्ध गराउँने सम्झौता पत्रमा उल्लेख छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖