पिलयाटार र ललाहानीटार सडक पुग्यो ! दैनिक आवश्यक पर्ने सामाग्री मान्छेले ढुवानी गर्नुपर्ने बाध्यताको अन्त्य

धनकुटा,माघ २३ । सहिदभुमि गााउपालिकाको दुर्गम गाँउ पिलयाटार र ललाहानीटारमा पहिलोपटक सडक पुगेको छ ।

गाँउपालिकाको वडा नं २ स्थित पिलयाटार र ललाहानीटारमा तिन चार वर्ष देखिको अथक प्रयास पछि सडक पु¥याउन सफलभएको हो । यस अघिनै सडक सञ्जालले जोडि सक्ने भएपनि ठुला ठुला अग्लो चटान र भिरको बाटो भएकोले चट्ना फोरेर सडक खन्न समय लागेका कारण यो वर्ष भने पिलयाटार र ललाहानीटारमा सडक पु¥याँउन सफल भएको गाँउपालिकाको प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्यले जानकारीदिनु भयो ।

चालु आर्थिक वर्ष छुट्याईएको १० लाख बजेटले सडक विस्तार कार्य सम्पन्न भएको गाँउपालिकाले जनाएको छ । घर आगनमा सडक पुगेपछि यहाका बासिन्दालाई पिठ्यँुमा बोकेर दैनिकि उपभोग्य वस्तुहरु ल्याउनु पर्ने समस्याको अन्त्य भएको सडक उपभोक्ता समितिका अध्यक्ष तुला राईले बताउनु भयो ।

दैनिक आवाश्यक पर्ने सामाग्री मान्छेले ढुवानी गर्नुपर्ने बाध्यताको अन्त्य भए संगै पिलयाटार र ललाहानीटारका जनताको मुहारमा खुसी छाएको छ । यहाका जनतालाई अब हाइवए सडक मुलघाट निस्कन दुरी पनी छोटो भएको उपभोक्ता तुला राईले बताउनु भयो ।

सडकको एक कार्यक्रमका बिच गाँउपालिका अध्यक्ष मनोज राईले उद्घाटन गर्नु भएको हो । सडक उद्घाटन कार्यक्रममा गाँउपालिका उपाध्यक्ष रत्नश्वरी राई , प्रमुखप्रशासकिय अधिकृत राजकुमार शाकय , वडा अध्यक्ष रत्न बहादुर राई , वडा सदस्य सोम मगर ,सडक उपभोक्ता समितिका सदस्यहरु स्थानिय लगायत पालिकाको कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖