धनकुटामा शुभकामना आदानप्रदान गरेर मनाइयो प्रेस चौतारीको स्थापना दिवस

धनकुटा । प्रेस चौतारी नेपालको २४ औं स्थापना दिवसको अवसरमा धनकुटामा शुभकामना आदान–प्रदान कार्यक्रम गरिएको छ । प्रेस चौतारी धनकुटाले संगठनको स्थापना दिवसको अवसर पारेर कार्यक्रम आयोजना गरेको हो ।

प्रेस चौतारी धनकुटाका अध्यक्ष रविन कटेलको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकारहरुबीच शुभकामना आदान प्रदान गरियो । कार्यक्रममा प्रेस चौतारीका केन्द्रिय सदस्य एवं धनकुटा इञ्चार्ज नैन विश्वकर्माले पत्रकारिता क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउँनुपर्ने आवश्यकता औल्याए । प्रेस चौतारीका केन्द्रिय सदस्य सन्तोष रुचालले प्रेस चौतारी नेपाली पत्रकारहरुको अगुवा संगठन भएकाले चौतारीले सधै पत्रकारहरुको हक हितमा अग्रणी भूमिका निर्वाह गर्ने बताए । नेपाल पत्रकार महासंघका प्रदेश उपाध्यक्ष हिमा चेम्जोङ्गले पत्रकारका संगठनहरुले श्रमजीबी पत्रकारहरुका समस्या र मुद्दामा गम्भीर भएर लाग्नुपर्ने खाँचो औल्याइन् । पत्रकार महासंघका जिल्ला अध्यक्ष नगेन्द्र राईले पत्रकारहरुका सबै संगठनको मुख्य उद्धेश्य प्रेस स्वतन्त्रताको ग्यारेन्टी गराउँनु भएकाले यसका लागि सबै पत्रकारहरु लागिपर्नुपर्ने बताए ।

प्रेस चौतारीका पूर्व अध्यक्ष एवं सल्लाहकार भेषराज कटेलले पत्रकारहरुले अरुका कमजोरी औल्याउँने मात्र नभई आफ्ना कमी कमजोरीलाई पनि सुधार्दै पेशालाई मर्यादित बनाउँनुपर्ने धारणा राखे । पत्रकार महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष सञ्जयसन्तोषी राईले अन्याय, अत्याचारको विरोध गर्दै आवाजबिहिनको आवाजका रुपमा प्रस्तुत हुँन नयाँ पुस्ताका पत्रकारहरुलाई सुझाव दिए । प्रेस युनियनका उपाध्यक्ष विजयसन्तोषी राईले राजनीति र पत्रकारिताबीच नङ र मासुको जस्तो सम्बन्ध रहेको भन्दै पत्रकारितालाई राजनीतिबाट अलग्याउँन नसकिने जिकिर गरे ।

पत्रकार महासंघ धनकुटाका निवर्तमान अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठले स्थानीय सरकारको रुपमा रहेका पालिकाहरुले सञ्चार क्षेत्रलाई कञ्जुस्याई नगरी सहयोग गर्नुपर्ने उल्लेख गरे । पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष खगेन्द्र प्रसाद घिमिरेले पत्रकारहरुले सामाजिक सञ्जालमा पनि सोच बिचार गरेर मात्र धारणा व्यक्त गर्नुपर्नेमा जोड दिए । फोनिजका प्रदेश अध्यक्ष सन्तबीर लामाले प्रेस स्वतन्त्रता बढ्नुको सट्टा खुम्चिदै गएको प्रति चिन्ता व्यक्त गर्दै यो बिषयमा पत्रकारहरु सचेत हुनुपर्ने बताए । प्रेस चौतारीका धनकुटा अध्यक्ष रबिन कटेलले पत्रकार महासंघमा राजनीति गर्नका लागि गैरपत्रकारलाई सदस्य बनाउँने होडवाजी अन्त्य गर्दै वास्तविक पत्रकार उत्पादनमा ध्यान दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रेस युनियनका पूर्व अध्यक्ष यानिन्द्र तिगेला, प्रेस संगठनका पूर्व अध्यक्ष इश्वर थापा, फोनिजका अध्यक्ष विनु चेम्जोङ्ग, रेडियो मकालुका अध्यक्ष सोविस चेम्जोङ्ग र रेडियो लालिगुँरासका स्टेशन मेनेजर विदुर खवासले प्रेस चौतारीलाई स्थापना दिवसको शुभकामना व्यक्त गर्दै पत्रकारितालाई व्यवस्थित र मर्यादित बनाउँन सबै लाग्नुपर्नेमा जोड दिएका छन् । प्रेस चौतारी धनकुटाका सह–सचिव माया राउतले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष विश्वराज श्रेष्ठले मन्तब्यमार्फत अतिथी र सहभागिहरुलाई स्वागत गरेका थिए ।

२०५५ माघ २२ गते स्थापना भएको प्रेस चौतारी नेपाल २३ बर्ष पुरा गरी २४ औं बर्षमा प्रवेश गरेको हो । धनकुटासहित देशभर विभिन्न कार्यक्रम गरेर २४ औं स्थापना दिवस मनाइएको प्रेस चौतारीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।