सहिदभुमि गाँउपालिकामा जातिय विभेद तथा छुवाछुत अन्त्यका लागी सचेतना र सम्मान कार्यक्रम सम्पन्न
धनकुटा,माघ २५ । धनकुटाको सहिदभुमि गाँउपालिकामा आज जातिय विभेद तथा छुवाछुत अन्त्यका लागी सचेतना र सम्मान कार्यक्रम सम्पन्न भएको ।

दलित एकता समाज सहिदभुमि गाउपालिकाको अयोजनामा दलित समुदायका जनप्रतिनिधि सहित शिक्षक कर्मचारीहरुलाई सम्मान गरिएको हो । दलित एकता समाज सहिदभुमिका उपाध्यक्ष तारा तिवारीको अध्यक्षता तथा प्रदेश संसद निरन राईको प्रमुख आतिथ्यमा जातिय विभेद तथा छ्ुवाछुत अन्त्यका लागी सचेतना र सम्मान कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि संसद निरन राई , कार्यक्रमका विशेष अतिथि गाँउपालिका अध्यक्ष मनोज राईले सम्मान पत्र , खदा अबिरले सम्मान गर्नु भएको थियो । दलित समुदायको ७ जना जनप्रतिनिधि , १० जना शिक्षक तथा कर्मचारी लाई सम्मान गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रमका सहजकर्ता दलित अधिकार कर्मी नैना रुचालले दलित समुदायको अवस्था ,राज्यले गरेको संबैधानीक र कानुनी व्यवस्थाको विषयमा सहजिकरण गर्नु भएको थियो । कार्यक्रमको स्वागत मन्तव्य समाजका कोषाध्यक्ष सोम नेपालीले राख्नु भएको थियो भने समाजका अध्यक्ष सुर्यप्रकाश विस्वकर्माले सञ्चालन गर्नु भएको थियो ।


