नेबि संघ धनकुटा बहुमुखी क्याम्पस ईकाई समितिको १३ औं अधिवेशनबाट २५ सदस्यीय नयाँ कार्य समिति चयन
धनकुटा । नेपाल विद्यार्थी संघ धनकुटा बहुमुखी क्याम्पस ईकाई समितिको १३ औं अधिवेशनबाट २५ सदस्यीय नयाँ कार्य समिति निर्विरोध चयन गरिएको छ ।
नव गठित समितको सभापतिमा सुवास भण्डारी,उप-सभापतिद्वय महेस सुवेदी र कमल लिम्बू, सचिवमा युवराज कार्की र सुवास खनाल,सह-सचिवमा ममता राई,रिता भट्टाई,मनिषा पाँचकाटी र विरेन्द्र भण्डारी र काेषाध्यक्षमा निशा राई रहेका छन् ।
अन्य सदस्यहरुमा रञ्जन कार्की,सिर्जना माझी,अनिस भट्टाई,निर्मला कार्की,किशोर श्रेष्ठ, सुनिता तामाङ,मनिला थापा लगायत रहेको निर्वाचन अधिकृत खगेन्द्र घिमिरेले जानकारी दिनुभयो ।
समिति गठन अघि भएको खुल्ला सत्रमामा बोल्ने नेपाली कांग्रेसका नेताहरुले नेविसंघलाई सर्वप्रथम अध्ययनलाई प्राथामिक्तामा राख्दै समाज रुपान्तरण तर्फ लाग्न आग्रह गरेका छन् । उनिहरुले अध्ययनदेखि बाहेक बचेको केही समय राजनीति तर्फ खर्च गरेर समाज रुपान्तरणको लागि लाग्न अाग्रह गरेका हुन् ।
नेपाली कांग्रेस जिल्ला सभापति दिनेश राईको प्रमुख आतिथ्य तथा नेविसंघ धनकुटा बहुमुखी क्याम्पस ईकाई समितका निवर्तमामा सभापति करुणा कटुवालको अध्यक्षतामा भएको खुल्ला सत्रमा कांग्रेस जिल्ला सचिव विजय सन्ताेषी राई,प्रदेशसभा (ख) क्षेत्रिय कार्य समिति सभाति राजन पाैडेल,पत्रकारमहासंघ धनकुटाका निवर्तमान अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठ,नेपाल प्रेस युनियन जिल्ला अध्यक्ष तथा पत्रकार महासंघ १ नं प्रदेश उपाध्यक्ष हिमा चेम्जाेङ लगायतको उपस्थिती थियो ।


