राष्ट्रिय प्रजातन्त्र दिवस यसरी मनाउन जिल्ला प्रशासन कार्यालय धनकुटाको अनुरोध
धनकुटा । जिल्ला प्रशासन कार्यलय धनकुटाले स्वास्थ्य सूरक्षा मापदण्ड अपनाएर विभिन्न कार्यक्रम गर्दै राष्ट्रिय प्रजातन्त्र दिवस मनाउन जिल्ला स्थित स्थानिय तह,सरकारी तथा गैरसरकारी कार्यलय एवम् संघ सस्थालाई आग्रह गरेको छ ।
प्रशासनले आज पत्राचार गर्दै आगामी फागुन ६,७ र ८ गते राष्ट्रिय प्रजातन्त्र दिवस मनाउन आग्रह गरेको हो । माघ २५ गते राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष तथा प्रधान मन्त्री शेर बहादुर देउवाको अध्यक्षतामा वालुवाटारमा वसेको बैठकबाट पारित निर्णय अनुसार जिल्ला स्तरमा यो दिवस मनाउन भनि गरिएको पत्रअनुसार प्रशासनले त्यस्तो आग्रह गरेको हो ।
पत्रमा उल्लेख भएअनुसार स्वास्थ्य मापदण्ड पालना गर्दै जिल्ला स्थित सरकारी कार्यलय, सार्वजनिक एवं सामुदायिक संघ संस्था, शैक्षिक प्रतिष्ठान र निकायहरुमा राष्ट्रिय झण्डा फहराउने,सार्वजनिक निकाय र स्थलहरुको सरसफई गरि सम्भाव्य स्थानहरुमा राष्ट्रिय झण्डार राखी सजावट सहित सौन्दर्यकरण गर्ने,स्थानिय छापा तथा विद्युतीय सञ्चार माध्यमबाट राष्ट्रिय प्रजातन्त्र दिवस संग सम्वपन्धत सन्देश मूलक कार्यक्रम प्रकाशन प्रशारण गर्ने,फागुन ६,७ र ८ गते साँझ जिल्ला स्थित सबै सरकारी कार्यलयमा र जिल्लावासीले घर-घरमा दीपावली गर्ने,दिवस केन्द्रित विभिन्न साँस्कृतीक, साहित्यिक,शैक्षिक, क्षेत्र सम्बद्ध र्सिजनात्मक तथा रचनात्मक प्रतियोगिता एवं कार्यक्रम गर्ने र स्थानिय तहहरु र राष्ट्रिय खेलकुद परिषद समेतको समन्वयमा खेलकुद प्रतियो गिता गर्ने सहितका कार्यक्रम छन् ।


