सहिदभुमि गाउंपालिकामा चोयाको डुङ्गा र डालो बनाउने १५ दिने तालिम
धनकुटा । धनकुटाको सहिदभुमि गाउंपालिका वडा नं ६ मा महिला दिदी बहिनीहरुलाई चोयाको डुङ्गा र डालो बनाउने १५ दिने तालिम प्रदान गरिएको छ ।
गाउंपालिकाको आयोजनामा महिलाहरुलाई व्यवसायीकरण तथा क्षमता विकास गर्ने उद्देश्यले सञ्चालन गरेको १५ दिने तालिम आज एक कार्यक्रमका बिच समापन गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि गाउपालिका अध्यक्ष मनोज राईले कार्यक्रममा बोल्नुहुदै तालिमलमा सहभागि महिलादिदिबहिनीहरुलाई सिकेका सिपलाई सदुपयोग गर्न आग्रह गर्नु भयो साथै उहाले महिला शसक्तिकरणका लागि यस्ता विभिन्न कार्यक्रम तथा तालिम गााउपालिकाले सञ्चालन गरिरहेको जानकारी गराउनु भएको थियो ।
वडा नं ६ का वडा अध्यक्ष हेम कुमार राईले तालिमको समापन गर्नु हुदै तालिममा सहभागी महिलाहरुलाई तालिममा सक्रिय रुपमा सहभागिता जनाएर आफ्नो सिप विकास गर्ने अवसर सदुपयोग गरेकोमा खुसी व्यक्त गर्नु हुदै सबैलाई व्यवसायीक तथा गाँउघरमा उघोग विकास गर्न आग्रह गर्नु भएको थियो ।
तालिमा वडा भित्रका विभिन्न महिला समुहका २० जना महिलाहरुको सहभागिता रहेको थियो । प्रशिक्षक चन्द्र प्रकाश राई , प्रकृति राई ,र अप्सना राईले तलिम प्रदान गर्नु भएको थियो ।


