धनकुटा सिनेमा हल आजबाट संचालनमा
धनकुटा,१३ फागुन । विश्व व्यापी रुपमा फैलिएको कोरोना भाईरसका संक्रमणका कारण बन्द रहेको धनकुटा सिनेमा हल आजबाट संचालनमा आएको छ ।

कोरोना महामारी पछि लामो समय सम्म बन्द रहेको सिनेमा हल आज बाट संचालनक पूर्णकुमार चौधरीले जानकारी दिनु भयो । चलचित्र म यस्तो गीत गाऊछु २ लगाएर हल संचालक गरिने चौधरीले बताउनु भयो ।
कुनै समय धनकुटा मात्र नभई पूर्व पहाडी जिल्लाका दर्शक समेत सिनेमा हेर्न यो हलमा आउने गरेकोमा पछिल्लो समय भने दर्शकको संख्या घट्दै गएको संचालक चौधरीको भनाई छ ।यो सिनेमा हल धनकुटाकै पुरानो सिनेमाहलको रुपमा समेत चिनिन्छ ।


