धनकुटाको पाख्रीबासमा ट्याक्टर दुर्घटना, १ जनाको मृ’त्यु

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका-६ स्थित भित्रि सडक खण्डमा हिजो राती पौने ८ बजे को. २ त ७११ नं. को ट्याक्टर ब्रेक फेल भई सडक साईडमा पल्टदा ट्याक्टरमा सवार रहेका पाख्रीवास-६ का ५२ बर्षीय बम बहादुर राई ग’म्भिर घा’ईते भई उपचारको लागि जिल्ला अस्पताल धनकुटा लगिएकोमा उपचारको क्रममा निजको मृ’त्यु भएको हो ।

एमसीसी अनुमोदन गरेको भन्दै माओवादी केन्द्र महोत्तरीमा विद्रोहदेखि पार्टी छाड्नेसम्मको चेतावनी
विशाल बस्नेत/महोत्तरी, १६ फागुन । नेकपा माओवादी केन्द्रसहित सत्ता गठबन्धनले एमसीसी प्रस्ताव पास गराएपछि माओवादी केन्द्र महोत्तरीमा तीव्र असन्तुष्टि देखिएको छ । एमसीसी पास गर्ने बहानामा ‘व्याख्यात्मक बिश्लेषण’लाई अगाडि सारी अनुमोदन गर्नु राष्ट्र हितविपरित भएको भन्दै माओवादी केन्द्रका नेता तथा कार्यकर्ताले पार्टी परित्याग गर्नेदेखि विद्रोहसम्मको तयारी गरेका छन् ।

माओवादी केन्द्र मधेश प्रदेश कमिटी सदस्य राजन ढुंगानाले फेसवुकमा माओवादी नेतृत्व अमेरिकी सम्राज्यवादतर्फ घुडा टेकेको आरोप लगाएका छन् ।
राष्ट्रियता, जनतन्त्र र जनजीविकाको एजेण्डा बोकेर १० बर्षसम्म जनयुद्ध लडेको पार्टी नै एमसीसीको पक्षमा घुडा टेक्नु स्वीकार्य नहुने र बिद्रोह गर्ने चेतावनी दिएका छन् ।यसैगरी, जिल्लाका कतिपय नेताकार्यकर्ताले माओवादी केन्द्रको औचित्य सकिएको भन्दै पार्टी नै त्याग्ने घोषणा समेत गरे ।

बर्दिबासस्थित स्थानीय नेता सौरभ खड्का र निरज अधिकारीले पनि पार्टी नेतृत्वले गठबन्धनको सुरक्षा गर्ने बहानामा नेताकार्याकर्ताको भावनामा ठेस पुर्याएको बताए ।बर्दिबासमा त एमसीसीका विरुद्ध चरणबद्ध आन्दोलन समेत भएको थियो । गठबन्धनले व्याख्यात्मक विश्लेषणको नाममा एमसीसी अनुमोदन गर्ने दिशातर्फ उन्मुख भएपछि हिजोदेखि नै नगर सुनसान बनेको छ ।

पार्टी नेतृत्वको यो निर्णयले जिल्लामा पार्टीभित्रको सुदृढिकरण क्षीण भएको कतिपयको भनाइ छ । यसअघि प्रचण्डले एमसीसी कुनै पनि हालतमा पास गर्न नसकिने अडान लिँदै आएका थिए ।पाँच दिन अगाडि एमसीसीको पक्षमा पार्टी उभिए पार्टी नै परित्याग गर्ने सार्वजनिक गरेका स्थानीय नेता निरज अधिकारीले फेसबुकमार्फत अबदेखि माओवादी केन्द्रमा नरहेको सार्वजनिक गरेका छन् ।

सामाजिक संजालमा माओवादीको कदमलाइ लिएर निकै टिप्पणी भएका छन् । विशेषगरी बिपक्षी दलका नेता तथा कार्यकर्ताले आन्दोलनको बिषलाइ लिएर खिल्ली उडाएका छन् ।नेपाली काङ्ग्रेसका कार्यकर्ता तथा व्यवसायी भवनाथ खतिवडा आफ्नो फेसबुकमा लेख्छन्, ‘पार्टी छोड्छु भनेर गर्जिनेहरु के गर्लान । मैले भनेको थिए एमसीसी पास गर्न देउवाले केही गर्नु पर्दैन बालकोट जान्छु भने मात्र पुग्छ ।’

जिल्लास्थित कतिपय जिम्मेवार नेताहरू आज आह्वान गरेको नेपाल बन्दको समर्थनमा उत्रिएका छन् । माओवादी केन्द्र महोत्तरीका संयोजक तुलसी ढुङ्गनाले पाटीको औचित्य सकिएको बताएका छन् । तर, उनले पार्टी छाड्ने बिषयमा भने केही बताएनन् । यता मधेश प्रदेश कमिटीका सदस्य राजन ढुङ्गनाले भने अब पार्टीमा बस्न नसकिने प्रष्ट पारेका छन् । माओवादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खड्काले पनि एमसीसी अनुमोदनको बिषयलाई लिएर आपत्ती जनाएका छन् ।

२० फागुनमा हुने केन्द्रीय समितिको बैठकपछि निर्णयमा पुग्ने उनको भनाइ छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।