यसरी देखिन थाल्यो जनप्रतिनिधिले कृषि क्षेत्रमा गरेको विकासको परिणाम
धनकुटा,फागुन २० । सहिदभुमि गाउंपालिकामा जनप्रतिनिधिले कृषि क्षेत्रमा गरेको विकासको परिणाम देखिन थालेको छ । गत वर्ष देखि सहिद भुमि गाउपालिकाले वडा नं १ सफाइटार ,धाप,घंगेरी, बाउन्ने खोला ,रायाटार लगायतका क्षेत्रलाई समेटेर बाख्रा पकेट कार्यक्रम सञ्चालन गरिरहेको छ ।

गाउपालिकाले जिल्ला भेटेनरी अस्पताल धनकुटा संग सहकार्य गरेर बाख्रा पकेट कार्यक्रम सञ्चालन गरेको हो । बाख्रा पकेट कार्यक्रमबाट प्राप्त सहयोग तथा अनुदान बाट व्यवसायिक रुपमा बाख्रापालन व्यवसाय तर्फ लाग्न उत्प्रेरणा मिलेको कृषक हरी दुलालले बताउनु भयो ।
परम्परागत रुपमा सामान्य तरिकाले बाख्रा पाल्दै आइरहेको दुलालले पकेट कार्यक्रमबाट प्राप्त अनुदानले आधुनिक बाख्राको खोर निर्माण गरेको छ । खोर निर्माण पछि दुलालले बाख्रा बढाएर २२ वटा पु¥याएको जानकारी दिनु भयो । “अहिले सम्मको नतिजा हेर्दा किसानलाई एक छाक भात खान र जिविको पार्जनका लागि विदेश धाउनु पर्ने समस्याको अन्त्य हुने देखियो ” दुलालले भन्नुभयो ।
त्यस्तै गरी अर्का कृषक रमेश राईले पनि व्यवसायिक रुपमा बाख्रापालन व्यवसाय सञ्चालन गर्नका लागि आधुनिक खोर निर्माण गरेको छ । परम्परागत रुपमा बाख्रापालन गर्दै आइरहेको राईलाई पनि पकेट कार्यक्रमले गर्दा बाख्रा व्यवसायी बन्ने प्रेरणा मिलेको बताउनु भयो ।
त्यस्तै गरी सानो परम्परागत खोरमा बाख्रलाई बिजोग , उपिया विभिन्न रोग लाग्ने समस्याले बाख्रा पालन व्यवसाय नाजुक रहेको अवस्थामा पकेट कार्यक्रमले बाख्रापालन बाट किसानको जिवन स्तर सुधार हुने सम्भावना रहेको कृषक रेबिका राईले बताउनु भयो ।

पकेट कार्यक्रम अन्तर गत वर्ष २० लाख अनुदान बाट व्यवसायिक बाख्रापालन तालिम , किसानलाई अन्तर जिल्ला बाख्रा फार्म अवलोकन भ्रमण , खोर निमार्ण , औषधि र स्वास्थ्य सिविर कार्यक्रम सञ्चालन गरिएको थियो ।
चालु आर्थिक वर्ष प्राप्त अनुदान २० लाखले २३ वटा आधुनिक खोर निमार्ण , औषधी वितरण ,पुनर ताजकी ताजगी तालिम ,कृषि अभिमुखिकरण , पशु स्वास्थ्य विज्ञ करारमा स्थापना र इलेक्ट्रेनिक काटा खरिद गरेको पकेट कार्यक्रम सञ्चालन समिति सदस्य रमेश राईले जानकारी दिनु भयो ।
त्यस्तै गरी कार्यक्रम सञ्चालन पछि खोर सुधार , उन्नत जातका घासको व्यवस्था , पशु प्राविधिक विज्ञको व्यवस्था , तालिमका कारण किसानहरुमा बाख्रापालन व्यवसाय प्रति चासो बढ्न थालेको पकेट कार्यक्रम सञ्चालन समितिले जानकारी दिएको छ ।


