भारती मा.वि पाख्रीबास नगरपालिका १० चुङ्गमाङ्गमा स्व. आमाबुबाको नाममा करिब ५१ हजार रकम बराबरको प्रेमनारायण-चन्द्रप्रभा वस्ती अक्षय कोष स्थापना
धनकुटा । धनकुटा पाख्रीबास नगरपालिका वडा १० स्थित भारती माबि,चुंगबांगको लागि करिब ५१ हजार रकम बराबरको प्रेमनारायण-चन्द्रप्रभा वस्ती अक्षय कोष स्थापना गरिएको छ ।
उक्त अक्षयकोष स्वर्गीय आमाबुबाको नाममा स्थानियवासी( हाल कानेपोखरी स्थायी वासिन्दा) भएका रमेश प्रसाद वस्ती र वहांकी श्रीमति विद्यादेवी वस्तीले उपलब्ध गराउनु भएको हो । उक्त रकम बिद्यालयका प्र.अ हरि प्रसाद पौडेल र बि.ब्य.स अध्यक्ष हरि बहादुर खत्रीलाई संयुक्त रूमपा हस्तान्तरण गरिएको छ ।
उक्त अक्षयकोषको ब्याजबाट प्राप्त रकमको ५० प्रतिशत बिद्यालयमा अध्यनरत कक्षा ८ सम्मका गरिब,जेहेन्दार वा अनुशासित १ छात्र र १ छात्रालाई बार्षिक रुपमा वितरण गरिने र बांकी ५० प्रतिशत बिद्यालय संचालनको लागि खर्च गरिने बिद्यालयका शिक्षक अनिल तिम्सिनाले धनकुटा खबरलाई जानकारी दिनु भयो ।


