मनमोहन प्राविधिक विश्वविद्यालयले इन्जिनियरिङ्गको पढाई सुरु गर्ने

धनकुटा,२१ फागुन । विश्वविद्यालय ऐन बनेर प्रदेश सरकारलाई हस्तान्तरण गरेको २ बर्ष पछि मनमोहन प्राविधिक विश्वविद्यालयले स्नातक तहको इन्जिनियरिङ्गको पढाई सुरु गर्ने भएको छ । धनकुटामा आज पत्रकार, शिक्षकप्रतिनिधी र विद्यार्थी संग अन्तकृया गर्दै विश्वविद्यालयलेका डिन डा। प्रचण्डमान प्रधानले जानकारी दिनु भयो ।

आगामी बैशाख देखि ४ बर्ष सिभिल इन्जीनियरिङ्गर, इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स इन्जीनियरिङको अध्यापन सुरु गर्न आवश्यक सवै तयारी अघि बढाएको प्रधानको भनाई थियो । प्रवेश परिक्षा उतीर्ण विद्यार्थीलेलाई चारवर्षे सिभिल इन्जिनियरिङमा ५ लाख ८० हजार र इलेक्ट्रीकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङमा ५ लाख ७० हजार शुल्क तोकेको जनाइएको छ ।

विश्वविद्यालयको १० बर्षे शैक्षिक कार्ययोजना अनुसार पाठ्यक्रमहरुको तर्जूमा गरिसकेकोले पहिलो पाँच वर्ष भित्रै स्नातक तहतर्फ ७ वटा र स्नातकोत्तर तहतर्फ ५ वटा शैक्षिक कार्यक्रम सञ्चालनको तयारीमा रहेको उहाले जानकारी दिनुभयो । २०८३–८७ सम्मको दोस्रो योजना अवधिमा स्नातक तहतर्फ थप ६ वटा, स्नातकोत्तर तहमा ५ वटा र विद्यावारिधितर्फ पाचवटा बिषयका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको उहाले बताउनुभयो ।

व्याख्यात्मक घोषणाले एमसिसीको भ्रम हटाएको छ : श्रममन्त्री श्रेष्ठ
दमौली, २१ फागुन (रासस) :श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले १२ बुँदे व्याख्यात्मक घोषणाले एमसिसीको भ्रम हटेको बताउनुभएको छ । तनहुँको भानु नगरपालिका–३ तुरतुरेमा आज आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले एमसिसीका बारेमा जनतामाझ रहेको भ्रम व्याख्यात्मक घोषणाले हटाएको बताउनुभयो ।

यथास्थितिमा एमसिसी संसद्बाट पारित गर्न नहुने पक्षमा नेकपा (एकीकृत समाजवादी) रहे पनि व्याख्यात्मक घोषणासहित पारित भएको विषयलाई अमेरिकाले पनि स्वीकार गरिसकेको बताउनुभयो । विकासका लागि एमसिसी आवश्यक रहेको भन्दै श्रेष्ठले भन्नुभयो, “यो नेपालको हितमा छ, नेपालको विकासमा यसको समुचित प्रयोग गर्नुपर्छ ।”

जनताको सेवा र विकासका लागि नेकपा (एकीकृत समाजवादी) सदैव प्रतिबद्ध रहेको भन्दै श्रेष्ठले विकासको नेतृत्व आफ्नो पार्टीले गर्ने धारणा व्यक्त गर्नुभयो । “हामीले राजनीति गरेको जनताका लागि हो, विकासका लागि हो, त्यसका लागि हामी सधैँ क्रियाशील रहन्छौँ”, उहाँले भन्नुभयो । जिल्लाको विकासका लागि आफू अहोरात्र खटिए पनि केही विरोधीले आफ्नो नामसमेत लिन नचाहेको भन्दै श्रेष्ठले भन्नुभयो, “विकास सबैका लागि हो, मैले गरेको कामको जस मलाई नदिए पनि म सन्तुष्ट नै हुन्छु ।”

मन्त्री श्रेष्ठले एमसिसीका विषयमा एमालेले दोहोरो भूमिका देखाएको आरोप लगाउनुभयो । “एमसिसी गलत छ भनेर विपक्षमा मत दिएको भए पनि हुन्थ्यो, तर एमालेले कुनै भूमिका निभाएन”, मन्त्री श्रेष्ठले भन्नुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।