विश्व किर्तिमानी निर्मल पूर्जालाई बेलायतमा सम्मान

लण्डन, २ चैत । बेलायतको ईष्टली बरो काउन्सिलले हिमाल आरोहणमा विश्व कीर्तिमानी कायम गर्ने पूर्व गोर्खा आरोही निर्मल पुर्जालाई उच्च सम्मान प्रदान गरेको छ ।

पुर्जालाई काउन्सिलले ‘फ्रिडम अफ दि बरो’ उपाधि सहित सम्मान गरिएको हो । काउन्सिल भवनमा आयोजित एक समारोहबीच इष्ट्ली मेयर काउन्सिलर सिन्थिया गार्टोनले उनलाई उक्त सम्मान प्रदान गरेकी हुन् ।

सन् १९४६ मा इष्टली बरो बनेयता उक्त सम्मान पाउने पूर्जा १७ औं व्यक्ति हुन् । सम्मान प्रदान गर्दै मेयर सिन्थियाले पूर्जा विश्वले नै गर्व गर्न लायक धरोहर भएको भन्दै बधाइ दिईन् । निर्मल पूर्जाले सम्मान प्रदान गरिएकामा काउन्सिलप्रति आभार व्यक्त गरेका छन् । निर्मल इष्ट्ली बरोकै बासिन्दा हुन् ।

निर्मल नेपाल पर्वतारोहण संघको सद्भावना दूतसमेत हुन् । उनले दुई वर्षअघि सबैभन्दा कम अवधि ६ महिना ६ दिनमा संसारका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालको सफल आरोहण गरेर विश्व कीर्तिमान बनाएका थिए । पुर्जामा आधारित रहेर तैयार पारिएको वृत्तचित्र नेटफ्लीक्समा ट्रेन्डिङमा पर्न सफल भएको थियो ।

एसोसिएसन अध्यक्ष कमल पूर्जाले निर्मलले उक्त सम्मान पाएर नेपाली समुदायको शिर उचो बनाएको बताए ।

समारोहमा इष्टली गोर्खा नेपलिज एसोसिएसन अध्यक्ष कमलबहादुर पूर्जा लगायत एसोसिएसन पदाधिकारी, काउन्सिल लिडर, काउन्सिलका प्रमुख कार्यकारी, भूपू गोर्खाहरु आदिको सहभागिता थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।