धनकुटामा आज विद्युत सेवा अवरुद्ध हुने
धनकुटा । आज शनिबारको दिन जिल्ला भरिनै विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण धनकुटा शाखाले जनाएको छ ।
प्राधिकरणको धरान वितरण शाखाले ३३/११ केभी धरान सब-स्टेशनको स्वीचयार्डको बस कन्डक्टर अपग्रेडिंग तथा अन्य सुधार कार्यहरु गर्नको लागि बिहान ७ बजेदेखि दिउंसो ३ बजे सम्म दुहबी-धरान ३३ केभी फिडरको सटडाउन लिएकोले जिल्लामा पनि उक्त समयमा बिद्युत अवरुद्द हुने प्राधिकरणले जनाएको छ ।



