गाँ’जा बैधानिक अभियानको संयोजकमा तिर्थ,सहिदभूमिमा गाँ’जाबारे ३ दिने बृहत्त मेला आयोजना गरिने
नरेन्द्र कश्चित,धनकुटा । धनकुटा र भोजपुरका अभियान्तहरुको भेलाले गाँ’जा बैधानिक अभियानको संयोजकमा तिर्थ राईको संयोजकत्वमा २३ सदस्यीय समिति चयन सम्पन्न गरेको छ ।
गाँ’जालाई ला’गुऔ’षध मात्र होइन यसबाट विभिन्न प्रकारका लत्ताकपडा,जुत्ता,तेल लगायतका औषधीहरु समेत निर्माण गर्न सकिने हुनाले सरकारले गाँ’जालाई वैधानिकता प्रदान गर्नु पर्ने भन्दै अभियान्तहरुको भेला धनकुटा र भोजपुरको संगम स्थल अरुण नदीको किनारामा रहेको सहिदभूमि-२ अखुवाटारमा आज सम्पन्न भएको हो ।
आजै भएको भेलाबाट यहि चैत्र २० देखि २२ गते ३ दिनसम्म भोजपुर र धनकुटाको संगमस्थल अरुण नदी छेउ सहिदभूमि-२ अखुवाटारमा गा’जाँबारे बृहत् सचेतना तथा गाजाँलाई बैधानिकता प्रदान गर्ने उद्देश्यले राज्यलाई दबाव सिर्जना गर्नको लागि मेला लगाउने समेत निर्णय गरिएको अभियानका संयोजक तिर्थ राईले जानकारी दिनु भयो ।
गाँ’जा बैधानिक अभियानको ३ दिने मेलामा राष्ट्रिय अन्त्तर्राष्टिय गाँ’जा विज्ञहरुलाई समेत आमान्त्रण गरि बृहत् सचेतना तथा छलफल गर्दै गाँजाबाट निर्मित विभिन्न प्रकारका वस्तुहरु समेत किनबेच गरिने गाँ’जा बैधानिक अभियानका प्रवक्ता नरेन्द्र राईले बताउनु भयो ।
आज भएको अभियान्तहरुको भेलाले कानुनी सल्लाहकार समिति,कृषिविद्,सल्लाहकार समिति,युवा समिति समेत गठन गरेको छ ।गाँजा बैधानिक बनाउनको लागि अगामी दिनहरुमा राज्यलाई दबावमुलक रचनात्मक कार्यक्रमहरु गर्दै जाने अभियान्त तिर्थ राईले बताउनु भयो साथै चैत्र २० देखि २२ सम्म आयोजना गरिने गाजाँ बैधानिक अभियानमा उपस्थित भइ राज्यलाई दबाव दिन समेत अभियानकर्ता राईले आव्हान गर्नुभयो ।


