जीवन विकास लद्युवित्त वित्तिय संस्था लिमिटेड धनकुटाले गर्यो सहयोग
धनकुटा । जीवन विकास लद्युवित्त वित्तिय संस्था लिमिटेड धनकुटाले कोरोनाबाट मृत्यु भएका समुहका सदस्यलाई ५० हजार सहयोग सहित उत्कृष्ट केन्द्र, ऋणी र वचत कर्जालाई पुरस्कृत गरेको छ ।
जीवन विकास लद्युवित्त वित्तिय संस्था लिमिटेड धनकुटा शाखाले सोमबार आयोजना गरेको केन्द्र प्रमुख गोष्ठी तथा वित्तिय साक्षरता कार्यक्रमको अवसरमा सहयोग तथा सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङ, विषेश अतिथि उप–प्रमुख सकुन्तला बस्नेत र संस्थाका विभागीय प्रामुख तथा सभाध्यक्ष मनोजकुमार राई लगायतले क्रमस प्रथम, द्धितिय र तृतिय केन्द्रहरुलाई विषादी स्प्रे र भित्ते घडी, त्रिपाल र दुईवटा कुर्सि र भित्ते घडी प्रमाण पत्र खादा लगाएर पुरस्कृत गरेका थिए ।


