धनकुटामा सवारी दु’र्घटना,एकको मृ’त्यु
धनकुटा । धनकुटामा गए राती सवारी दु’र्घटना हुँदा एक जनाको मृ’त्यू भएको छ ।
धनकुटाको सागुरीगढी गाउँपालिका वडा नं ६ सागुरीगढी किल्ला नजिक गोलखाडी भेडेटार भित्री कच्ची सडक खण्डमा जिप दूर्घटना हुँदा जिपमा सवार सागुरीगढी गाउँपालिका वडा नं ७ की १९ वर्ष की श्रेया राई को मृ’त्यू भएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।
भेडेटारबाट गोलाखाडी तर्फ जादै गरेको मे १ ज २१६२ नं जिप अनियन्त्रित भई सडकमा पल्टिदा अनुहार र टाउकोमा चो’ट लागी ग’म्भिर घा’ईते भएकी राईको उपचारको क्रममा राती २:१० बजे विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृ’त्यु भएको प्रहरीले जनाएको छ ।
दूर्घटना करिब ९ बजे तिर भएको थियो । जिपका चालक सागुरीगढी गाउँपालिका ७ का वर्ष ४१ का सत्यलाल राई प्रहरीको नियन्त्रणमा रहेका छन् ।


