शहिदभुमि-१ का ८५ जना विपन्न बर्गका छात्राछात्रहरुलाई टिफिन क्यारी बक्स बितरण
नरेन्द्र कश्चित,धनकुटा । धनकुटाको सहिदभुमि गाउँपालिका वडा नं १ घंघरी अनिवार्य निशुल्क आधारभूत बिद्यालयमा कक्षा शिशु देखि कक्षा-५ सम्मका छात्रछात्राहरुलाई आज टिफिन क्यारी बक्स र चाम्चा प्रदान गरिएको छ ।
कक्षा शिशुदेखि कक्षा-५ सम्मका विपन्न बर्गका ८५ छात्राछात्रहरुलाई टिफिन बोक्न सहज होस् भन्ने उद्देश्यले सहिद प्रकाश थापा स्मृति ट्रष्ट सहिदभुमि-१ घंघरीको समन्वयमा उक्त टिफिन क्यारी बक्स र चाम्चा वितरण गरिएको ट्रष्टका सचिव अर्जुन थापाले बताउनु भयो ।
प्रकाश सप्लार्यस धरान-१६ बाट सौजन्य भएको टिफिन क्यारी बक्स र चाम्चा बितरण कार्यक्रम सहिद प्रकाश थापा स्मृति ट्रष्टका अध्यक्ष दिल बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हो ।कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रकाश राई,ट्रष्टका उपाध्यक्ष लक्ष्मी माझी,कोषाध्यक्ष मन्जु थापा,सदस्यहरु लक्ष्मण राई,माया राई,अम्बिका थापा लगायतकाको उपस्थिति रहेको थियो ।कार्यक्रम संचालन ट्रष्टका सचिव अर्जुन थापाले गर्नुभएको थियो ।


