छथरजोरपाटीमा गाई स्रोत केन्द्र कार्यक्रम सञ्चालन

धनकुटा । धनकुटाको छथरजोरपाटी गाँउपालिकाले प्रदेश १ पशुपंक्षी तथा मस्त्य विकास निर्देशनालय संगको सहकार्यमा सगरमाथा दुग्ध उत्पादन चिस्यान तथा वितरण सहकारी मार्फत गाई स्रोत केन्द्र कार्यक्रम सञ्चालन गरिरहेको छ ।

गाई स्रोत केन्द्र कार्यक्रम सञ्चालन पछि अहिले किसानको उत्पादनमा धेरै सुधार आएको छ । गाउपालिकाको वटा नं ६ ,२ र १ नम्बर वडा जिल्लाकै वृहत मात्रमा दुग्ध उत्पादन गर्ने क्षेत्र हो ।

सगरमाथा दुग्ध उत्पादन चिस्यान तथा वितरण सहकारी मार्फत नस्ल सुधार तथा किसानको उत्पादनमा सुधार गर्ने उदेश्यले गाई स्रोत केन्द्र कार्यक्रम सञ्चालन गरिरहेको छ ।

अहिले छथरजोरपाटी र महालक्ष्मी नगरपालिकाको मुर्ती ढुङ्घा लगायतका किसानलाई गाई स्रोत केन्द्र कार्यक्रम सञ्चालन पछि व्यवसायिक रुपमा फार्म स्थापना गर्न प्रेरणा मिलेको छ । अनुदानको पहुचमा पुग्न नसकेका किसानलाई विभिन्न सामाग्री , तालिम लगायतका कार्यक्रम बाट उनिहरुको आर्थिक स्तर सुधारका लागि टेवा पुगेको गाई स्रोत केन्द्र सञ्चालक समितिका उपाध्यक्ष तथा कृषक युवराज थापाले जानकारी दिनुभयो । साथै अहिले आएर गाई स्रोत केन्द्र स्थापना पछि जिल्ला बाहिर सिजनमा दिनमा ५ देखि १५ माउ सम्मको गाई निर्यात भइरहेको थापा को भनाइछ ।

यस अघि यहाँका किसान राम्रो उन्त जातको गाई खरिदका लागि बाहिर जिल्ला तथा भारतका विभिन्न ठाँउमा पुग्ने गरेका थिए भने गाई स्रोत केन्द्र कार्यक्रम सञ्चालन पछि गाई खोज्न बाहिर जानु पर्ने समस्याको अन्त्य हुनुका साथै आफै उत्पादन गर्न सफल भएको उपाध्यक्ष तथा कृषक युवराज थापाले बताउनु भयो ।

त्यस्तै गरी विगतमा १० लिटर दुध दिने गाइ पालिरहेको किसानले अहिले आएर एभरेजमा १५ देखि २० लिटर सम्म दुध उत्पादन हुने उन्नत गाई पालन तथा उत्पादन गर्न सफल भएको सहकारीका व्यस्थापक तथा कृषक भिम महतराले बताउनु भयो ।

दिनमा दुध बेचेर ४ सय रुपैया कमाई गरिरहेको किसानले अहिले दुध उत्पादनमा वृद्धि भए संगै दिनको १५ सय कमाइ हुने गरेको कृषक महताराले बताउनु भयो ।

अहिले सहकारीमा आवद्ध किसानबाट संकलन गरेको दुध दैनिक ३ हजार लिटर बाट बढेर ४ हजार लिटर पुगेको व्यस्थापक तथा कृषक भिम महतराले बताउनु भयो । गाई स्रोत केन्द्र कार्यक्रम मार्फत गत वर्ष ७६ लाख २५ हजार बराबरको कार्यक्रम सञ्चालन गरिएको थियो भने चालु आर्थिक वर्ष ३५ लाख ९५ हजार बारबको कार्यत्रमm सञ्चालन भइरहेको छ । अहिले सम्म स्रोत केन्द्र कार्यक्रमबाट पाएको अनुदानले १ सय ४० वटा उन्नत जातको कोरेलि गाई खरिद गरेर किसानलाई वितरण गरेकाछन् । त्यस्तै यस वर्ष ५० वटा कोरेलि खरिद गरेर किसानलाई वितरण गरेको सहकारीका व्यवस्थापक महतराले जानकारी दिएको छ ।

यसअघि वितरण गरेको कोरेलि माउ बनिसकेको सहकारीका व्यवस्थापक महतराले जानकारी दिनु भयो । त्यस्तै गरी च्याप कटर मेसिन ४० वटा ,उन्त नश्ल मेसिन ग्क्ब् बाट होलेस्टियन खरिद, प्राबिधिक तथा सहजकर्ता १ जना स्थापना ,दुध अभिलेखिकरण व्यवस्थापन , विभिन्न तालिम तथा अवलोकन भ्रमण लगायतका कार्यक्रम उल्लेखित बजेट बाट सञ्चालन गरेको सकहारीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।