नेकपा एमाले केन्द्रिय सल्लाहकार समिति सदस्य गोपाल गुरागाई माथि खुर्पा प्रहार,यस्तो छ अवस्था
धनकुटा । नेकपा एमाले केन्द्रिय सल्लाहकार समिति सदस्य गोपाल गुरागाई माथि खु’र्पा प्र’हार भएको छ ।
उहाँमाथि शनिवार दिउँसो आफ्नै निवासमा धनकुटा नगरपालिका ६ आत्माराका २३ वर्षका दिनेश पोखरेलले खु’कुरी प्र’हार गरेको प्रहरीले जनाएको छ । खु’कुरी प्र’हारबाट ७६ वर्षका गुरागाईको दाहिने आँखाको माथिल्लो भागमा चो’ट लागेको छ ।
उहाँलाई जिल्ला अस्पताल धनकुटामा उपचार हुन नसकेपछि थप उपचारको लागि विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको थियो । उपचारपछि उहाँ अस्पतालबाट डिस्चार्ज समेत भईसक्नु भएको खबर जानकारीमा आएको जिल्ला प्रहरी कार्यलय धनकुटाका एसपी लक्ष्मीराज अधिकारीले बताउनुभयो ।
उहाँको अवस्था अहिले खतरा मुक्त रहनुभएको समेत उहाँले बताउनुभयो । घटना के कारणले भएको हो भन्ने अझै खेलेको छैन । घटनामा संलग्न पोखरेललाई खुर्पा सहित नियन्त्रणमा लिएर अनुसन्धान शूरु गरिएको प्रहरीले जनाएको छ ।
घटना शंकास्पद भएको भन्दै गम्भिर अनुसन्धान गर्न परिवारले माग गरेको छ ।


