नेपाल राष्ट्रिय शिक्षक संगठन धनकुटा जिल्ला अध्यक्षमा राई सर्वसम्मत
धनकुटा । नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला अध्यक्षमा किशोर कुमार राई सर्वसम्मत चयन हुनुभएको छ ।
संङ्गठनको शनिवार सम्पन्न १२ ओै जिल्ला अधिवेशनबाट उहाँ अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको निर्वाचन समिति सदस्य मीनप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
संगठनको महिला उपाध्यक्षमा विमला लिम्बू राई ,उपाध्यक्ष खुल्ला जिवनाथ घिमिरे,सचिव दण्डपानी अधिकारी, सहसचिव चमेली लिङखा, कोषाध्यक्ष खगेन्द्र श्रेष्ठ, सहकोषाध्यक्ष कल्पना राई रहेका छन् । सदस्यहरुमा शान्तिला तामाङ र सजना जोशी रहेकाछन् ।


