तमरमा सञ्चालित रिभर गाईड प्राविधिक सम्बन्धि पन्ध्र दिने तालिम सम्पन्न

धनकुटा । जिविकोपार्जन पुर्नरुत्थानका लागि दिगो पर्यटन परियोजना नाराका साथ तमरमा सञ्चालित रिभर गाईड प्राविधिक सम्बन्धि पन्ध्र दिने तालिम आज सम्पन्न भएको छ ।

नेपाल एशोसिएशन अफ ¥याफटीङ्ग एजेन्सिको (नारा) को आयोजना,नेपाल पर्याटन बोर्ड र युएनडिपिको सहयोग तथा तमर रिभर एडभान्चर ¥याफटीङ्ग र रिभर साईड रेसोर्ट एण्ड रिभर पार्कको संयोजनमा भएको तालिमको धनकुटा नगरपालिका वडा नं ९ मुलघाट स्थित रिभर साईड रेसोर्ट एण्ड रिभर पार्कमा एक कार्यक्रमको आयेजना गरि समापन गरिएको हो ।

कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ्गले अहिलेको २१ औ शताब्दीमा पर्यटन क्षेत्र मुलुक र समाजको विकासका लागि एक महत्वपुर्ण रहेकाको बताउनुभयो । त्यसैले यो क्षेत्रलाई सबैले महत्वका साथ लिनु पर्ने र यो क्षेत्रलाई नगरपालिकाले पनि सहयोग गर्ने बताउनु भयो ।

नाराका अध्यक्ष गङ्गा प्रसाद नेपालको अध्यक्षतामा भएको कार्यक्रममा सहयोगी सस्था युएनडिपिका प्रतिनिधी ज्ञानेश्वर महतो, नेपाल पर्याटन बोर्डका प्रतिनीधि, प्रमुख प्रशिक्षक रेवती उपाध्याय, प्रशिक्षकहरु ईन्द्र राई, हरी आले र माईली मगर, पत्रकार सन्जय सन्तोषी राईले मन्तव्य राखेका थिए ।

कार्यक्रममा प्रशिक्षार्थीहरु बल बहादुर माझी र सुवास क्षेत्रीले आफनो लागि तालिम ज्यादै उपयोगी भएको र आगामी दिनमा यो भन्दा स्तरिय तालिमको अवसर पाउने अपेक्षा रहेको बताएका थिए । साथै उनिहरुले रोजगारीको अवसर खासै नभएको अवस्थामा नगरपालिका तथा पर्यटनबोर्ड समक्ष रोजगारीको अवसर निमार्ण गरि दिन समेत अनुरोध गरेका थिए ।

तमर रिभर एडभान्चर ¥याफटीङ्गका प्रोपराईटर ढकाल, पत्रकार राई र प्रशिक्षक रेवती उपाध्याय लगायतकाले प्राकृतिक तमर नदि लाई सफा र स्वाच्छ राखी संरक्षण गरेर विकास र आय स्रोतको रुपमा लिनु पर्ने पर्ने बताएका थिए ।

तालिममा धनकुटाको भैसेटार, फलामेटार, सदामटार, कुसेटार, मुलघाट, छिम्सुवा, साप्तीङ्गटार, सफाईटार, घङ्गघरी र त्रिबेणी क्षेत्रका अल्पसंख्यक जाती माझी सहित २५ जनाको सहभागीता रहेको तालिममा बिशेष गरि पौडी बाजहरुलाई मात्र समावश गरिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।