धनकुटाका महिलाहरुलाई क्षमता विकास तथा सीप मूलक तालिम
धनकुटा । मानव अधिकारका लागि महिला एकल महिला समूह (WHR) धनकुटाले धनकुटाका महिलाहरुलाई क्षमता विकास तथा सीप मूलक तालिम प्रदान गरेको छ ।
१ नं प्रदेश सांसद लिला सुब्बाको क्षेत्र विकास कार्यक्रम अन्र्तगत एकल महिलाहरुलाई प्राथामिक्तामा राखेर यहाँका १५ जनालाई ढाका बुनाई सम्बन्धि ४५ दिने पुर्नताजगी तालिम प्रदान गरेको हो । भने क्षमता विकास सम्बन्धि तीन दिने तालिम दिएको हो ।
ढाका बुनाई तालिममा कोट,साडी,चोलो,पर्दा र मख्लर लगायतका सामान बुन्न सिकाईएको थियो । तालिमको मुख्य प्रशिक्षक धनकुमारी लिम्बु र सहायक प्रशिक्षक मन कुमारी लिम्बुले सहजीकरण गरेका थिए भने क्षमता विकास तर्फ महिला नेतृ पार्वती राई, सुमना तिम्सिना, अम्बिका परियार र मिलन परियारले तालिमको सहजीकरण गरेका थिए । तालिम आज एक कार्यक्रमको बीच समापन गरिएको छ ।
प्रदेश सांसद सुब्बाको प्रमुख आतिथ्य तथा समूहका अध्यक्ष ईश्वरी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको बीच तालिम समापन गरिएको हो । कार्यक्रममा सहभागिहरुको तर्फबाट बोल्दै ईन्द्र कुमारी लावती र उमा श्रेष्ठले तालिम आफुहरुका लागि ज्यादै उपयोगी भएका बताएका छन् ।
उनिहरुले तालिममा सिकेको सीप व्यवहारमा उतारेर व्यवसायीक बन्ने बताएकाछन् । कार्यक्रममा संविधानसभा सदस्य अञ्जना ताम्ली,प्रदेश सभा सांसद सुब्बा, मानव अधिकारका लागि महिला एकल महिला समूहका १ नं प्रदेश अध्यक्ष मिना तुम्बा राई, अमिशा कटुवाल लगायतले आफुहरुको तर्फबाट थप सहयोग गर्ने उल्लेख गर्दै सहभागिहरुलाई सिकेको कुरा व्यवहारमा उतार्न सुझाव दिएका छन् ।


