धनकुटाबाट एसईई परिक्षामा २ हजार ८ सय १९ जना विद्यार्थी सहभागी हुंदै
धनकुटा,८ चैत । भोली बाट संचालन हुने माध्यामिक शिक्षा परीक्षा एसईईमा धनकुटाबाट २ हजार ८ सय १९ जना विद्यार्थीले सहभागि हुने भएका छन् ।

एसईई परिक्षा तथा इकाइ गतिविधी सम्बन्धी पत्रकारहरु संगको अन्र्तकृया कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख मोहन राईले जानकारी दिनु भएको हो ।
जिल्ला भर परिक्षाको सबै तयारी पुरा भई सकेको र परिक्षामा जिल्ला भरमा १८ वटा परिक्षा केन्द्र तोकीएको छ जसमध्ये १७ वटा केन्द्र बाट नियमित तथा ग्रेडबृद्धि र १ केन्द्र प्राविधीक धार तर्फ तोकीएको उहाँको भनाई थियो ।
परिक्षामा नियमित तर्फ १ हजार ४ सय २१ छात्रा र १ हजार ३ सय ९८ जना छात्र सहभागि हुने छन् त्यस्तै ग्रेडबृद्धि तर्फ २६ जना र प्राविधिकधार तर्फ ४६ जना विद्यार्थी सहभागि हुने भएका छन् ।
नियमित तर्फको परिक्षा बैशाख १७ गते सम्म र प्राविधिकघार तर्फको परिक्षा बैशाख २० गते सम्म संचालन हुने शिक्षा विकास तथा समन्वय एकाइ धनकुटाले जनाएको छ ।


