धनकुटा चौबिसेका एकको तमोर नदीमा डु’बेर मृ’त्यु

धनकुटा, बैशाख १५ । धनकुटाको चौबिसे गाउँपालिका-५ का ४५ बर्षीय प्रकाश माझीको माछा माछा मा’र्ने क्रममा तमोर खोलामा डुबेर मृ’त्यु भएको छ ।

बुधवार अपरान्ह ५ बजे खोलामा माछा मा’र्ने क्रममा अचानक डु’बेर मृ’त्यु भएको भन्ने खबर प्राप्त भएसंगै जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली खटि गई मृ’त शवको उद्धार गरी अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

एकै वडाका चार महिला एउटै पदमा चुनाव लड्दै
गलेश्वर, १५ वैशाख (रासस) :यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि म्याग्दीको एक स्थानीय तहमा एकै वडाका चार महिलाले अलग अलग दलबाट एउटै पदमा उम्मेदवारी दिनुभएको छ । बेनी नगरपालिकाको उपप्रमुखमा एउटै वडाका चार महिलाले उम्मेदवारी दिनुभएको हो ।

उपप्रमुखमा मनोनयन दर्ता गराउनुभएका अमृतदेवी बानियाँ, पशुपति शाही, ज्योति लामिछाने र मुना बानियाँ बेनी नगरपालिका–६ निवासी हुनुहुन्छ । बानियाँले नेपाली कांग्रेसबाट, शाहीले नेकपा (एमाले)बाट, लामिछानेले नेकपा (माओवादी केन्द्र) बाट र मुनाले नेकपा (एकीकृत समाजवादी)बाट उपप्रमुखमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।

कांग्रेसबाट उम्मेदवार बन्नुभएकी अमृतदेवी पार्टीको गण्डकी प्रदेश समिति सदस्य हुनुहुन्छ । विसं २०५४ मा वडा नम्बर ९ अर्थुङ्गेको वडासदस्यमा निर्वाचत हुँदै राजनीति सुरु गर्नुभएकी उहाँ कांग्रेसको दुई कार्यकाल जिल्ला सदस्य र दुई पटक महाधिवेशन प्रतिनिधि भइसक्नुभएको छ । साथी संस्था, लायन्स क्लब, महिला स्वयंसेविकालगायतमा रहेर उहाँले सामाजिक अभियन्ताको रुपमा काम गरिसक्नुभएको छ ।

एमालेबाट उम्मेदवार बन्नुभएकी शाही पार्टीको जिल्ला कमिटी सचिवालय सदस्य तथा अखिल नेपाल महिला सङ्घको जिल्ला उपाध्यक्ष र अन्तरपार्टी महिला सञ्जालकी जिल्ला अध्यक्ष हुनुहुन्छ । गाउँको सामुदायिक वन, विद्यालय व्यवस्थापन समिति, आमा समूहलगायत सङ्घसंस्थामा आबद्ध भई उहाँ सामाजिक कार्यमा क्रियाशील हुनुहुन्छ ।

माओवादी केन्द्रबाट उम्मेदवार बन्नुभएकी लामिछाने पार्टीको प्रदेश कमिटी सदस्य हुनुहुन्छ । उहाँले अखिल क्रान्तिकारीबाट राजनीति सुरु गर्नुभएको हो । विसं २०६० देखि राजनीतिमा सक्रिय उहाँ हाल विभिन्न सङ्घसंस्थामा आबद्ध हुनुहुन्छ । लामिछाने यसअघिको निर्वाचनमा उपप्रमुखमा ३४ मतले पराजित हुनुभएको थियो ।

एकीकृत समाजवादीकी उम्मेदवार मुना पार्टीको केन्द्रीय कमिटी सदस्य एवं जिल्ला इन्चार्ज हुनुहुन्छ । विसं २०४८ देखि राजनीतिमा सक्रिय उहाँ यसअघि एमालेको प्रदेश कमिटी सदस्य हुनुहुन्थ्यो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖