धनकुटामा श्रीमानको कु’टाईबाट श्रीमति घाईते

धनकुटा,१५ बैशाख । धनकुटामा श्रीमानको कु’टाईबाट श्रीमती ग’म्भीर घा’ईते भएकी छन् । धनकुटा नगरपालिका ९, कमलाबारीका २९ बर्षिया अनिल राईको कुटाईबाट उनकी ३० बर्षिया श्रमती कविता राई घाईते भएकी हुन् ।

बिहिबार बिहान मा’दक प’दार्थ से’वन गर्ने गरी आएका राईले घरायसी सामान्य कुरालाई लिएर श्रीमतीलाई म’रणा’सन्न हुनेगरी कु’टपिट गरेको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रवक्ता डिएसपी चिरञ्जी दाहालले जानकारी दिए ।

श्रीमानको कु’टाईबाट कविताको हात भा’चिएको छ भने अनुहार हातखुट्टामा सामान्य चो’टपटक लागेको छ । उपचार पछि उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

दहचोकमा नबिल बैंकको शाखा विस्तार
काठमाडौँ, १५ वैशाख (रासस) ः पछिल्लो समय तीब्र शहरीकरण तथा वित्तीय गतिविधि वृद्धि भइरहेको चन्द्रागिरि नगरपालिका–१ स्थित दहचोकमा नबिल बैंकले आफ्नो शाखा विस्तार गरेको छ । यो सँगै बैँकको शाखा १४८ तथा एटिएम सेवा १८७ पुगेको छ । विसं २०४१ असार १२ गते स्थापना भएको सो बैँकले यस वर्ष १५४ शाखा पु¥याउने लक्ष्य राखेको छ ।

चन्द्रागिरी नगरपालिकाका कार्यकारी अधिकृत निरज पौडेल र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजित शाक्यले संयुक्त रुपमा आज यहाँ आयोजित कार्यक्रममा शाखा शुभारम्भ गर्नुभयो ।

समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत शाक्यले स्थानीय समुदायका घर दैलोमा नै बैँकिङ तथा वित्तीय सेवा उपलब्ध गराउन शाखा विस्तार गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “विभिन्न बैंक मर्ज गरेर बैंकको सेवालाई अझै विस्तार गर्ने अभियान जारी छ । ‘क्यासलेस’ अवधारणाअनुसार घरमै बसेर नागरिकले सेवा पाउने वातावरण निर्माणमा बैंक लागेको छ । सेवाग्राहीको पहिलो रोजाइको बैँक बनाउने अभियानमा लागेका छौँ । ”

गत वर्ष युनाइटेड फाइनन्सलाई समाहित गरेको बैंकले एनबी बैंक मर्ज गरी थप सेवा दिने तयारी गरेको जनाइएको छ । चन्द्रागिरिका प्रमुख प्रशासकीय अधिकृत पौडेलले ३६ हजार घरधुरी र एक लाख ३५ हजार जनसङ्ख्या रहेको नगरमा वित्तीय क्षेत्रको माग बढ्दो क्रममा रहेको बताउनुभयो । उहाँले भन्नुभयो“ बैँकले गुणस्तरीय वित्तीय सेवा प्रवाह गरेमा सेवाग्राहीको मन जित्न सक्छ । यसका लागि व्यवस्थापन पक्षले ध्यान दिनुपर्छ । ”

बैंकका नायब महाप्रबन्धक कृष्णदत्त भट्टराईले मुलुकमा आधुनिक बैंकिङ सेवा उपलब्ध गराउनुपर्ने आवश्यकता महसुस गरेर स्थापना भएको नबिल बैंक जनताको विश्वासिलो बैंकका रूपमा रहेको दाबि गर्नुभयो । उहाँले भन्नुभयो“ बैंकले विदेशमा भएको तर नेपालमा सेवा नभित्रिसकेको अवस्थामा क्रेडिट कार्डका व्यवस्थालगायत आधुनिक वित्तीय सेवा भित्र्याउन सफल भएको छ । ”

कार्यक्रममा बैँकका दहचोक शाखा प्रमुख आश्विन श्रेष्ठले बैँकले सरल र सहज रुपमा सम्पूर्ण बैँकिङ सेवा उपलब्ध गराउने जानकारी दिनुभयो । यसैगरी कलङ्की शाखा प्रमुख राजदीप उप्रेतीले सबै वित्तीय सुविधा प्रदान गर्ने गरी बैँकको दहचोक शाखा विस्तार गरिएको बताउनुभयो । कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका निवर्तमान नगर प्रमुख घनश्याम गिरीको उपस्थिति रहेको थियो ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।