धनकुटाको पाख्रीवासमा स्वर बोलाई तथा मानसिक रोग उपचार सम्बन्धि शिविर सम्पन्न
धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिकामा आज स्वर बोलाई तथा मानसिक रोग उपचार सम्बन्धि शिविर सम्पन्न भएको छ ।
पाख्रीवास नगरपालिकाको आयोजना तथा करुणा फाउण्डेशनको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो ।
शिविरमा धनकुटाको पाख्रीवास नगरपालिका, महालक्ष्मी नगरपालिका, शहिदभुमी गाउँपालिका र संखुवासभाको धर्मदेवी नगरपालिकाका ६५ जना आपाङ्गता व्यक्तीहरुले सेवा लिएको अपाङ्गता रोकथाम तथा पुन स्थापना कार्यक्रमका फोकल पर्सन खेमचन्द्र वस्तीले जानकारी दिनुभयो ।
शिविरमा मानसिक रोग विशेषज्ञ डा. सुरज नेपाल, स्पिच थेरापिष्ट रमेशकुमार चौधरी र जेनेरल फिजिसियन डा. अंकित शर्माले सेवा दिएका थिए । शिविरमा परामर्श तथा स्पिच थेरापी लगायतका सेवा दिईएको थियो ।


