स्थानिय तह निर्वाचन जिते पाख्रीवासमा ‘जहाँ नागरिक विपत, त्यहाँ स्थानिय सरकार’ कार्यक्रम लागु गर्ने गठबन्धन दलहरुको प्रतिवद्धता

धनकुटा । स्थानिय तह निर्वाचन नजिकिदै गर्दा विभिन्न राजनीतिक दलहरुले आ-आफ्नो चुनावी क्रियाकलापलाई सक्रिय बनाउदै लागेका छन् ।

अहिले राजनैतिक दलहरुले चुनावी घोषण पत्र सार्वजनिक तथा घरदैलो अभियानलाई तिव्रताका साथ सञ्चालन गरिरहेका छन् ।

यस्तै क्रममा धनकुटाको पाख्रीवास नगरपालिकामा संयुक्त लोकतान्त्रिक गठबन्धनका दलहरुले नगरमा (जहाँ नागरिक विपत, त्यहाँ स्थानिय सरकार) कार्यक्रम लागु गर्ने प्रतिवद्धता जनाएको छ ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको संयुक्त गठबन्धन दलहरुले आफ्नो घोषणा पत्र मार्फत त्यस्तो प्रतिवद्धता जनाएका हुन् ।

उनिहरुले आउदो स्थानिय तह निर्वाचनमा गठबन्धन दलहरुले जिते नगर प्रमुख,उपप्रमुख,वडाध्यक्ष र सदस्यहरुले पाउने सेवा सुविधा तलब भत्ता वापत प्राप्त हुने रकमलाई नागरिक लक्षित सुनौलो कार्यक्रम अन्र्तगत नागरिक विपद प्रकोप व्यवस्थापन कोष खडा गरि दैवि प्रकोप व्यवस्थापन समिति मार्फत (जहाँ नागरिक विपत, त्यहाँ स्थानिय सरकार) कार्यक्रम लागु गर्ने स्पष्ट पारेका छन् ।

उनिहरुले प्राकृतिक श्रोत साधनको वैज्ञानिक तरिकाले उपयोग गर्दै नगरमा अधिकतम रोजगारी र्सिजना गर्ने, हालको स्थानिय सरकारले लगाएको महङ्गो करलाई वैज्ञानिक रुपमा घटाईने, शिक्षा तर्फ नगरका ३३ वटै सामुदायिक विद्यालयमा स्थानिय तहको चिनारी सहितको पाठ्यक्रम निर्माण गरि अध्यापन गराईने, लोकसेवा आयोगको तयारी कक्षा स्थापना गरि नि:शूल्क, अर्ध शूल्क, समावेशी कोटाको आधारमा अध्यापन गराईने, सामुदायिक विद्यालयहरुमा पनि स्कूल वसको व्यवस्था गरिने समेत प्रतिवद्धता जनाएका छन् ।

त्यस्तै कृषी तर्फ एक वडा एक नर्सरी कार्यक्रम मार्फत बोट विरुवा वितरण गर्ने,नगरमा रहेका ऐलानी जग्गालाई उत्पादनमुखी बाली,फलफुल तथा घाँसे मैदानको विकास गर्ने, नगरको १० वटै वडामा व्यवसायिक कृषि खेतीका लागि समूहमा आर्थिक अनुदान दिने,प्रत्येक वडामा चिस्यान सहितको डेरी फर्म सुनिश्चित गरि दुग्ध प्रशोधन नमूना नगरपालिका बनाईने,कृषि उपज तथा दुग्ध जन्य उत्पादन ढुवानीका लागि गाडी एवम् ट्याक्टरको व्यवस्था गरिने घोषणा पत्रमा उल्लेख छ ।

स्वास्थ्य तर्फ नगरमा ५० शैयाको आधुनिक अस्पताल निर्मा गर्ने, सुत्केरी महिलाका लागि ५ हजार भत्ताको व्यवस्था गर्ने नगरभरी बिरामी बोक्ने एम्बुलेन्स सेवा नि:शूल्क गर्ने, लगायतको व्यवस्था गरिने गठबन्धका तर्फबाट नगर प्रमुखका उम्मेद्धार ज्ञान बहादुर गुरुङले बताउनु भएको छ ।

त्यस्तै नागरिक राहत लक्षित कार्यक्रम तर्फ १० वटै वडाका एक एक जना उत्कृष्ठ विद्यार्थी छनौट गरि वार्षिक रुपमा प्राविधिक शिक्षा तथा उच्च शिक्षाका लागि छात्रावृतीको व्यवस्था गर्ने,नगरका सडक मर्मतका लागि नि:शूल्क डोजर तथा टिफरको प्रयोग गर्ने सहितको व्यवस्था गरिने पनि उहाँले बताउनु भयो ।

यता लक्षित कार्यक्रम अन्र्तगत दलित,युवा,जनजाति, महिला,जेष्ठ नागरिक,अपाङ्गता,वालवालिका लक्षित कार्यक्रमहरु सञ्चालन गरिने नगरका उपप्रमुख पदका उम्मेद्धार ओम प्रकाश निरौलाले बताउनु भएको छ ।

भौतिक पूर्वाधार तर्फ नगरका मुख्य ५ सडकहरुको क्रमश पिच गरिने ५ सय सिट क्षमताको सामुदायिक भवन बनाईने, एक वडामा एक वृहत सिंचाई योजना सञ्चालन गर्ने, पर्यटन विकास तर्फ कृषि अनुसन्धान केन्द्र र उत्तरपानी क्षेत्रलाई पर्यटन पर्यावरण विकासका लागि स्तरोन्नती गर्नेराम्चे, उत्तरपानी होमस्टे सञ्चालनमा नगरले प्रोत्साहन प्रर्वद्धनमा जोड दिने समेत उहाँले बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖